12 months ago
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् ।
टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् ।
शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई हराए । यो तौलमा नुवाकोटका रोमन खत्री र काठमाडौंका स्विकार रजकले कांस्य पदक जिते ।
सोनामले महिला ४० देखि ४३ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा नुवाकोटकी निर्मला तामाङलाई हराइन् । काठमाडौंंका सम्पदा सिवाकोटी र स्भियुक्ता संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे ।
काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले प्रतियोगिताको उद्घाटन गरे । लिगमा महिला र पुरुषमा समान ५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् ।
महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा प्रतिस्पर्धा हुनेछ छ । करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिनेछ ।
प्रत्येक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, आवास र यातायातको सुविधा प्रदान गरिने बताइएको छ।
३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेस्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण भदौमा स्युचाटारस्थित नागर्जुन कभर्डहलमा भएको थियो ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]