8 months ago
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ । पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण हात पारे ।
काताको चार स्पर्धाम पुलिसले ३ र त्रिभुवन आर्मी क्लबले १ स्वर्ण पदक प्राप्त गरे । व्यक्तिगत काता पुरूषमा पुलिसका सोनिम मानन्धरले पहिलो स्थान प्राप्त गरे । उनले ४१ दशमलव ८ स्कोरका साथ स्वर्ण जिते । सशस्त्र प्रहरी बल (एपिएफ) का मनिष कार्की ४० दशमलव ८ स्कोरका साथ दोस्रो भए । लुम्बिनीका वसन्त थारू र आर्मीका विनय लिम्बुले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे ।
नेपाल पुलिसले नै पुरूष टिम कातामा स्वर्ण जित्यो । सोनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुक सम्मिलित टिमले कुल ४२ स्कोरका साथ स्वर्ण जितेको हो । सोनिमले टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जिते । ४१ दशमलव १ स्कोरका साथ एपिएफ दोस्रो तथा वागमती र सुदुर पश्चिम प्रदेश संयुक्तरुपमा तेस्रो भए ।
महिला व्यक्तिगत कातामा पुलिसकी एलिसा रासकोटी मगरले ४१ दशमलव ८ स्कोरमा स्वर्ण जितिन् । आर्मीकी सानुमाया थिङले ४१ दशमलव ३ स्कोर गर्दे रजत पदक हात पारिन् । एलिसाले पछिल्लो पटक कृष्णप्रसाद स्मृति करातेमा बेहोरेको हारको बदला आज फाइनलमा लिइन् । एपिएफकी सन्जु देसार र कोशी प्रदेशकी सलिना जोशीले कास्य पदक हात पारे ।

महिला टिम कातामा त्रिभुवन आर्मीका सानुमाया थिङ, संगिता मगर र सुनिता सुनार सम्मिलित टिमले स्वर्ण जित्यो । उनीहरूले कुल ४१ दशमलव ८ स्कोर गरे । आर्मीले भन्दा ५ स्कोर कम गरेको सुदुर पश्चिम प्रदेश दोस्रो भयो । सुदुरले ३६ दशमलव ८ स्कोर गरेको थियो । गण्डकी र कोशी प्रदेशले तेस्रो स्थानमा चित बुझाए ।
पहिलो दिन पुरूषतर्फ जुनियर कुमुतेमा दुई तौल समुहमा भएको प्रतिस्पर्धामा एपिएफले दुई स्वर्ण जित्यो । ५५ केजी तौल समुहमा एपिएफका गण्डकीका संगम राना मगरलाई १-० ले हराउँदै स्वर्ण हात पारे ।
महिला ५५ केजी तौल समुहमा पनि एपिएफकी सोनाम शेर्पा सफल रहिन् । उनले फाइनलमा मधेश प्रदेशकी पोरसिया चौधरीलाई पराजित गरिन् । यसअघि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहनेछ । पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]