7 months ago
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ।
९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो। सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो।
त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, ६ रजत र२ कास्य पदकका साथ तेस्रो भयो । बागमती, कोशी र मधेश प्रदेशले पनि समान १ स्वर्ण पदक जितेको छ।
प्रतियोगिताको अन्तिम दिन शनिवार ६८ केजी माथीको तौल समुहमा ऐतिहासिक पदक विजेता पुलिसकी एरिका गुरूङले स्वर्ण पदक जितिन्। उनले लुम्बिनीकी दिया थापालाई ९-० को अत्यन्त सहज नतिजामा पराजित गरिन्।
महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन्। उनले फाइनलमा सोनु श्रेष्ठलाई १६-८ ले माथ दिइन्। महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९-३ ले माथ दिइन्।
पुरुष ७५ केजी मुनि पुलिसका राजीव पुडासैनी पहिलो भए। उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए। ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा कोशी प्रदेशका दीपेश राईलाई हराए।
टिम च्याम्पियन पुलिसले २ लाख, एपिएफले १ लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशद्वारा प्रायोजित ३ दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागिता थियो।
पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।