default_image

5 months ago

July 6, 2025

नेपाल दक्षिण एसियाली करातेमा दोस्रो

701 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दोस्रो भएको बनेको छ ।

नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित दोस्रो भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।

महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण जिते।

प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते

नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।
श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो ।

भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य पदक जित्यो । तेश्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य प्राप्त गर्यो ।

३ स्वर्ण, ७ रजत र १४ कांस्य पदकसहित बंगलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान १ रजत र ७ कांस्यसाथ पाँचौं र १ रजत र १ कांस्यसाथ भुटान छैटौं भयो ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.