5 months ago
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते खेलाडीले अस्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक जितेका छन् ।
प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग ) का रजत पदक विजेता दिवस श्रेष्ठले दोहोरो पदक जितेका छन्। खुला कुमुते टिम फाइटमा स्वर्ण जितेका दिवसले ८४ केजी माथि तौल समूहमा काँस्य पदक प्राप्त गरेका छन्।

यसैगरी ६० केजी मुनिमा विजय श्रेष्ठले रजत पदक जितेका छन् । ८४ केजी मुनिको प्रतिस्पर्धामा सुजन श्रेष्ठले कांस्य पदक प्राप्त गरेका छन्। पदक विजेता उनीहरु अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्।प्रतियोगिता जुलाई १४ र १५ मा अस्ट्रेलियाको पर्थमा भएको थियो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]