default_image

2 months ago

October 10, 2025

एरिका सहितका खेलाडीले करातेको विश्व च्याम्पियनसिप छनोट खेल्दै

375 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरुङ सहित ४ नेपाल पुलिस क्लबका खेलाडीले पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउँदै छन्।

एरिका सँगै वर्षा बुढा मगर, सविना श्रेष्ठ र स्वप्निल मानन्धरले प्रतिस्पर्धा गर्नेछन्।‌ विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघद्वारा आयोजित छनोट असोज ३१ गतेदेखि कार्तिक २ सम्म पेरिसमा हुनेछ।

नेपालको प्रतिनिधित्व गर्ने चार खेलाडी नेपाल प्रहरीका खेलाडी हुन्। आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले खेलाडीहरूलाई बिदाइ गरे।

सोही कार्यक्रममा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा ऐतिहासिक स्वर्ण पदक जितेकी एरिका गुरूङलाई महानिरीक्षक शाहले बधाई दिए। नेपाली कराते टोली मंगलवार पेरिस जानेछ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.