4 weeks ago
October 18, 2025
मस्कट (हाम्रो खेलकुद)- आवासीय नेपाली सामाजिक क्लब ओमानले आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनलाई सम्मान गरेको छ।
नेपाली क्रिकेट टोली च्याम्पियन बनेको आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट हेर्नका लागि ओमान आएका बेला शुक्रवार महर्जनलाई सम्मान गरिएको हो।
महर्जनलाई क्लबका अध्यक्ष सुरेश खड्का, प्रमुख संरक्षक विकल झा , महासचिव विनोद श्रेष्ठ, प्रवक्ता राजेश महर्जनले सम्मान गरेका थिए।

नेपालले सन् १९९९ मा आयोजना भएको आठौं सागमा महर्जनले करातेमा स्वर्ण पदक जितेका थिए । महर्जन बागमती प्रदेश खेलकुद परिषद् र नेपाल कराते महासंघका सदस्य हुन्।
खेलाडी र सक्रिय खेल जीवनपछि व्यवस्थापकका रुपमा जिम्मेवारी निर्वाह रहेको उल्लेख गर्दै क्लबले ओमान भविष्यमा खेल विकासमा सक्रियता कामना गरेको छ ।
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा आइतवार प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण पदक जिते । उनले ताइची छ्वान […]