default_image

1 month ago

October 27, 2025

जुडोकी समिता एसियाली युथ गेम्स खेल्न जाँदै

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा जारी तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली आज त्यसतर्फ जाने भएको छ ।

एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा बुधवार सुरु हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् ।

समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।
समिताको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।

टोलीलाई नागर्जुन नगरपालिका वडा १ ले आइतवार बिदाइ गरेको छ । वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रुपमा २५ हजार रुपैयाँसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।

एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि आजै जाने छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.