default_image

8 years ago

November 1, 2017

‘खेलाडी जित्दा देश नै जित्छ’ – जोशी

191 views

0 Bookmark

प्रकाश तिमल्सिना
काठमाडौं – नेपालमा समूहगत खेलको दाँजोमा व्यक्तिगत खेलमा प्रायोजन गर्ने व्यापारिक संस्था कम छन् । फुटबल, क्रिकेट र पछिल्लो समय भलिबल अन्य खेलको तुलनामा नेपालमा बढी प्रायोजक पाउने खेल हुन् । यी तीन खेलमा दर्शक पनि अरु खेलको भन्दा बढी छन् । ‘मास गेम’ भएकोले त्यसमा प्रायोजन गर्दा एकै पटक धेरैमा प्रचार जाने हुँदा प्रायोजकको रुचि त्यसमा पर्नु स्वभाविक पनि हो । तर, यस्तो प्रायोजनको प्रतिस्पर्धामा अपवादका रुपमा सम्झना लेब्रोटरी क्लिनिक प्रा लि र यसका अध्यक्ष उर्दिप जोशी अगाडि आएका छन् । उनीहरुले मास होइन नेपाली खेलकुदमा सफल इतिहास बोकेको ‘इन्डिभिजुयल गेम’ करातेलाई प्रायोजन गरेका छन् । ८ लाख ५० हजार रुपैयाँ नगद र अन्य सेवा सुविधा गरेर झन्डै १५ लाख रुपैयाँ सम्झना लेब्रोटरीले अर्को साता (कार्तिक २२–२४ गते) आयोजना हुने हुने कराते राष्ट्रिय प्रतियोगितामा खर्च गर्दैछन् ।

तस्बिरहरु- विवेक सुवेदी/हाम्रो खेलकुद

उर्दिप जोशी – अध्यक्ष ,सम्झना लेब्रोटरी क्लिनिक प्रा लि

कराते रोज्नुका पछाडि जोशीसँग बलियो तर्क छ । ‘देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने दुई वटा विषय छन् । एउटा भाषा, धर्म, संस्कृति र अर्को खेलकुद । यी दुईमा पनि सबैभन्दा बलियो खेलकुद नै हो ’ ४२ वर्षे जोशी थप्छन्, ‘खेलाडीले जित्दा एक्लै जित्दैन पुरा देशले जित्छ ,त्यसले राष्ट्रको गौरव बढाउँछ । आत्म सम्मानका लागि पनि हामीले खेलकुद रोजेका हौं ।’

खेलकुदमा प्रायोजनका लागि धेरै विकल्प हुँदा पनि कराते नै रोज्नुको कारण उनी यसरी प्रष्ट पार्छन्, ‘हरेक खेलमा व्यापारिक घरानाले साथ दिनु पर्दछ । सबैले एकै ठाँउमा लगानी गर्नुपर्छ भन्ने छैन । हाम्रो हकमा करातेप्रति मेरो लगाव युवा अवस्थादेखि नै थियो । रहरमा खेलियो पनि साथी संगती पनि त्यस्तै भयो । अहिले झन्डै २ दशकपछि फेरि करातेमा फरक ढंगले केही गरौं भन्ने भावना आयो त्यसले हामीले करातेलाई रोजेका हौं ।’

नेपालमा कराते लामो समयदेखि विवादमा छ । कराते महासंघ नै दुई वटा अस्तित्वमा छन् । तर, पनि जोशी त्यो सबैको हिसाब राख्नेमा छैनन् । ‘कराते कुनै समय नेपालको नम्बर एक खेल जस्तै थियो । आठौं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त गरेको सफलताले हरेक नेपालीले गौरव गरेका थिए’ उनले अगाडि भने, ‘कराते फेरि पुरानै अवस्थामा पुगेको हेर्न मन छ । महासंघले जसरी नयाँ ढंगले व्यवस्थित रुपमा गर्न चाहिरहेको छ त्यसमा हामीले साथ दिने खोजेका हौं । बाँकी यसलाई राम्रो गर्ने जिम्मा उहाँहरुकै हो ।’

ललितपुरको मंगलबजार हौगलमा रहेको सम्झना लेब्रोटरी र उनी करातेसँग एउटा प्रतियोगिता प्रायोजनमा मात्र आफ्नो साथ राख्ने पक्षमा छैनन् । यसलाई जति सक्दो अघि बढाउने उनको चाहना छ । त्यसैले सम्झना ल्याबले राष्ट्रिय प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई आफ्नो सेवामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

ललितपुर मंगलबजार हौगलमा रहेको सम्झना लेब्रोटरी क्लिनिक प्रा लि ।

सम्झनाले प्रतियोगिताका दौरान खेलाडीका लागि उपचारको व्यवस्था आयोजना स्थलमै गर्ने व्यवस्था गर्दैछ । अध्यक्ष जोशी अन्य खेलमा पनि सहयोग गर्ने बताउँछन् । ‘हामी प्रायोजककै रुपमा अन्य खेललाई सघाउन सक्दैनौं ’उनले भने, ‘तर, आयोजना स्थलमै उपचारको व्यवस्थापनका लागि भने हामी सदैव तयार छौं, जुन सुकै खेलले पनि हामीबाट त्यो सहयोग चाहन्छ भने हामी गर्न तयार छौं ।’

ललितपुर महानगर पालिका २० पूर्णचण्डीमा जन्मेका जोशी झन्डै २५ वर्षदेखि सम्झनामा आबद्ध छन् । फूपूहरुले स्थापना गरेको लेब्रोटरीमा उनले सबै खाले अनुभव बटुलेका छन् । रिसेप्सनमा बस्नेदेखि ल्याब एसिसटेन्टका रुपमा कामको अनुभव उनलाई छ । अहिले उनी अध्यक्षका रुपमा क्रियाशील छन् । ललितपुरकै त्रिपद्म माविबाट एसएलसी र त्यसपछि पाटन क्याम्पसमा ल्याब एसिटेन्ट पास गरेका उनले केही सयम झन्डै ४ वर्ष वीर अस्पतालमा पनि काम गरे ।

त्यसपछि उनको यात्रा फेरि सम्झना लेब्रोटरीमै मोडियो । अहिलेको कामबाट उनी सन्तुष्ट छन् । ‘हामीले क्लिनिक पनि चलाएका छौं र ल्याबमा धेरै थरीको परिक्षण गर्छौँ ’ उनले सम्झनाका बारेमा थप जानकारी दिँदै भने, ‘हरेक क्लिननिकले अलग अलग विषयलाई प्राथमिकता दिएका हुन्छन् । हामीले मुख्यत क्यान्सर सम्बन्धि परिक्षण गर्छौँ । ’ उनले सम्झनाले गरेका पहलका बारेमा थपे, हामीले पिसाब जचाउ मृगौला वचाउ अभियान साथ दिएका छौं र मधुमेय रोगथाममा पनि काम गरेका छौं । समय समयमा विभिन्न जिल्लामा स्वास्थ्य शिविर पनि सम्झनाले चलाउँदै आएको छ ।

उर्दिप जोशी – अध्यक्ष ,सम्झना लेब्रोटरी क्लिनिक प्रा लि

जोशीको परिचय सम्झना ल्याबमा मात्र सिमित भने छैन । उनी सांगितिक समूह कववेभमा पनि आबद्ध छन् । उनी त्यो समूहको गीतकार हुन् । खेल अर्को उनको रुचिको विषय हो । यद्दपी संगित र खेल दुवै उनको सौखभन्दा बढी भएनन् ।

ललितपुरकै मीनकृष्ण महर्जन, रविन महर्जन, सञ्जय महर्जन, दाइ सञ्जिव जोशीहरुलाई हेरेर उनी करातेमा आकर्षित भएका थिए । दुई दशक अघि दशरथ रंगशाला पुगेर करातेको माहोलमा रमाउने उनको दैनिकी थियो ।

समय क्रमले सबै बदलियो उनी सम्झना लेब्रोटरीमा व्यस्त भए, समयसँगै अन्य विषय छुट्दै गए । अहिले फेरि उनी फरक रुपमा करातेमा प्रवेश गरेका छन् । भन्छन्, ‘खेलमा पनि सबैको एउटै भूमिका हुन्छ र हुनै पर्दछ भन्ने होइन । खेलको विकासका लागि सबैको भूमिका आवश्यक हुन्छ । अहिले म जुन ठाँउमा छु, त्यहाँबाट जे गर्न सक्छु गर्छु , त्यसका लागि एउटै सर्त भनेको नेपाली कराते फेरि पुरानै अवस्थामा पुगोस् र कम्तीमा दक्षिण एसियाको च्याम्पियन बनोस् ।’

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.