8 years ago
December 27, 2017
मनोरञ्जन शर्मा
भैरहवा– भारतकोे नयाँ दिल्लीमा भोली सुरु हुने तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसिप प्रतियोगितमा भाग लिन जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका २० खेलाडी सहित सहीत २७ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतियोगितामा त्यसतर्फ जाने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी तर्फ ), प्रीयंका थापा ( ४० केजी ) , प्रशान्त थापा ( ३० केजी ) र प्रसुन शाही ( ३५ केजी) छन् । यसै गरी १४ वर्ष उमेर तर्फको समुहमा बिपिन गुरुङ (३५ केजी ), कृतिमा गौतम (४० केजी ) , रिजन पाण्डे ( ४० केजी ) , शिबम बस्नेत ( ५० केजी ) र एलिसा घिमिरे (४० केजी ) रहेका छन् ।
यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी) , सुमन परियार (६० केजी ) , कनिश्क राना (५५ केजी ) , सिबानी बस्नेत ( ४५ केजी ) , विपना जिएम (५५केजि) र सुस्मा पान्डे (५० केजी ) छन् ।
त्यस्तै १९ बर्ष मुनि ७० केजि तौल समुहमा मेख बहादुर घर्ति मगर छन् । सिनीयर तर्फ खुल्ला उमेर समुहमा राजकुमार हरिजन(४५ केजि), बिपिन राना (५० केजि) , सन्तु चौधरी (५५केजि)र सञ्जय चौधरी (७० केजि) रहेका छन् । प्रतियोगितामा मुख्य प्रशिक्षकका रुपमा संघका अध्यक्ष एबं सस्थापक केबिराना(काजी) छन् । खेलाडीले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिंगमा प्रतिष्पर्धा गर्नेछन् ।
सबै खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षणमा गराइएको अध्यक्ष रानाले जानकारी दिए । प्रतियोगितामा नेपाल सहीत भारत, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्सका खेलाडीको सहभागिता रहने जनाइएको छ । टोलीकासंयोजकका रुपमा जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगर, व्यबस्थापकमा केन्द्रिय सचिब गिरी प्रसाद पुन, सहायक ब्यबस्थापकमा केन्द्रिय सदस्य भिमसेन थापा रहेका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]