8 years ago
April 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता परशुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगिताको मास्टर्स एकल कातामा स्वर्ण पदक जितेका छन् । सेमिफाइनलमा इरानी खेलाडीलाई ४–१ ले पराजित गरेका परशुरामले फाइनलमा जर्मन खेलाडीलाई ३–२ ले हराएका थिए ।
सिनियर एकल कातामा भने परशुराम पदक विहिन विहिन रहे । पहिलो बाउटमा युक्रेन तथा दोश्रो बाउटमा अल्जेरियाका खेलाडीलाई ३–२ ले पराजित गरेका उनी सेमिफाइनलमा इटालीका खेलाडीसंग ४–१ ले पराजित भए । रिपाचेज बाउटमा उनी जर्मन खेलाडीसंग ३–२ ले पराजित भएपनि पदकको सम्भावना टुंगिएको थियो ।
परशुरामले दिएको जानकारी अनुसार सोही प्रतियोगिताको ८४ केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका दिगम्बर पन्त पदक विहिन भए । दिगम्बरले पहिलो बाउटमा चेक गणतन्त्रका खेलाडीलाई ५–२ ले र अर्को बाउटमा इटालीका खेलाडीलाई ३–२ ले पराजित गरेका थिए । तर, सेमिफाइनलमा उनी जर्मन खेलाडीसग ३–२ ले पराजित भए । रिपाचेज बाउटमा पोल्यान्डका खेलाडीसंग ३–२ ले पराजित भएपछि उनको पदक जित्ने आशा टुंगिएको थियो ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]