default_image

7 years ago

July 22, 2018

१३ औं सागका २७ खेलको सबै इभेन्ट्स सार्वजनिक

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को वर्ष नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसयाली खेलकुद (साग) मा समावेश २७ खेलमा समावेश सबै इभेन्ट्स सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २७ खेलमा समावेश महिला पुरुषका इभेन्ट्को बारेमा जानकारी दिएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बसेको बैठकले २ खेल क्रिकेट (यू २३) र प्याराग्लाइडिङ थप्दै २७ खेल बनाएको थियो । सागमा क्रिकेट दोस्रो र प्याराग्लाइडिङ समावेश गरिएको खेल हो ।

काउन्सिलका समेत अध्यक्ष रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले क्रिकेटको लोकप्रियता र नयाँ खेलका रुपमा विकसित हुँदै गएकोले प्याराग्लाइडिङलाई समावेश गरिएको बताए । १३ औं साग सन् २०१९ मार्च ९ देखि १८ सम्म नेपालमा हुने बताइएको छ ।

तोकिएकै मितिमा साग हुने सम्भावना छ भन्ने प्रश्नमा एनओसी अध्यक्ष श्रेष्ठको जवाफ थियो, ‘भौतिक पूर्वाधार निर्माण र पुर्ननिर्माणको काम समयमै सकिने वचन सरकारको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्ले आवश्वासन दिएकोले शंका गर्नुपर्ने देखिन्न ।’ श्रेष्ठले २७ खेलमा समावेश सबै इभेन्ट्सका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

खेलका इभेन्ट्सहरु

भलिबल– महिला/पुरुष

बिच भलिबल –महिला/पुरुष)

फुटबल –पुरुष (यू–२३ टिम र महिला राष्ट्रिय टिम)

क्रिकेट– पुरुष यु–२३ र महिला

एथलेटिक्स– महिला र पुरुषमा समान १९ विधा

१०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर, ११० मिटर हडल्स, ४०० मिटर हडल्स, ३ हजार मिटर, ४÷१०० रिले, ४÷४०० रिले, हाईजम्प, लन जम्प, ट्रिपल जम्प, सटपुट, डिस्कस थ्रो, ज्याभ्लिन थ्रो, फुल म्याराथन

बास्केटबल– महिला पुरुष थ्री वाई थ्री र फाइभ बाई फाइभ

बक्सिङ– पुरुषमा १० तौल समूह र महिलामा ६ तौल समूह

महिलाः४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी
पुरुषः ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी, ९१ केजीमाथि

आर्चरी– महिला र पुरुषमा व्यक्तिगत रिकर्भ, टिम रिकर्भ, टिम कम्पाउण्ड र मिक्स टिम रिकर्भ, कम्पाउण्ड

ब्याडमिन्टन – पुरुषमा र महलामा सिंगल, डबल, टिम र मिक्स डबल्स

साइक्लिङ– रोड महिला र पुरुषमा ४० किमी ट्रायल र ७० किमी ट्रायल

माउन्टेन बाइकः क्रस कन्ट्री, डाउनहिल (महिला/पुरुष)

फेन्सिङ– व्यक्तिगत फोयल, टिम फोयल, व्यक्तिगत इपि, टिम इपि, व्यक्तिगत साब्रे, टिम साब्रे (महिला/पुरुष)

गल्फ– व्यक्तिगत, टिम –महिला/ पुरुष)

ह्यान्डबल – महिला र पुरुष टिम

जुडो – महिला र पुरुषमा समान सात तौल समूह र टिम च्याम्पियनसिप

महिलाः (४८केजी, ५२ केजी, ५७ केजी, ६३ केजी, ७० केजी, ७८ केजी र ७८ केजी तौलभन्दा माथि
पुरुषः ६० केजी, ६६केजी, ७३ केजी, ८१ केजी, ९० केजी, १०० केजी र १०० केजी तौलभन्दा माथि र महिला र पुरुष टिम इभेन्टस्

कबड्डी– महिला र पुरुष

कराते– महिलामा ६ तौलसमूह र पुरुषमा ७ तौल समूह, टिम कुमुते, काताः महिला एकल काता र पुरुष एकल काता
महिलाः (कुमुते) ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी तौलभन्दा माथि
पुरुषः ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी, र ८४ केजी तौलभन्दा माथि

खोखो– महिला र पुरुष टिम

सुटिङ – राइफलः १० मिटर एयर, ५० मिटर एयर, मिक्स (महिला र पुरुष)
पेस्तोलः १० मिटर एयर, २५ मिटर एयर, ५० मिटर एयर, मिक्स (महिला र पुरुष)
स्क्वास –व्यक्तिगत, टिम –महिला र पुरुष)

स्विमिङ– महिला र पुरुषमा विभिन्न २० इभेन्ट्स समावेश

टेबल टेनिसः व्यक्तिगत, डबल्स, टिम र मिक्स डबल्स् (महिला र पुरुष)

तेक्वान्दो– महिला र पुरुषमा समान ८ तौल समुह
महिला ग्यारोगीः ४६केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजी र ७३ केजी तौल
पुरुष ग्यरोगीः ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजी र ८७ केजी तौलभन्दा माथि
पुम्सेः व्यक्तिगत, टिम र मिक्स (महिला, पुरुष)

टेनिस– महिला र पुरुषमा सिंगल, डबल्स्, टिम र मिक्स डबल्स् ( ट्रायथोलन– व्यक्तिगत, स्प्रिन्ट, ७५० मिटर स्वीमिङ, २० किमी साइक्लिङ, मिक्स टिम रिले, ५ किमी दौड र दुवाथोलन (महिला र पुरुष)

भारोत्तोलन– महिला र पुरुषमा समान १० तौल समुह
महिलाः ४५ केजी, ४९ केजी, ५५ केजी, ५९ केजी, ६४ केजी, ७१ केजी, ७६ केजी, ८१ केजी, ८७ केजी, ८७ केजीभन्दा माथि
पुरुषः ५५ केजी, ६१ केजी, ६७ केजी, ७३ केजी, ८१ केजी, ८९ केजी, ९६ केजी, १०२ केजी, १०९ केजी र १०९ केजीभन्दा माथि

कुस्ती– महिला र पुरुषमा समान १० तौल समूह
महिलाः ५० केजी, ५३ केजी, ५५ केजी, ५७ केजी, ५९ केजी,६२ केजी, ६५ केजी, ६८ केजी, ७२ केजी र ७६ केजी
पुरुषः ५७ केजी, ६१ केजी, ६५ केजी, ७० केजी, ७४ केजी, ७९ केजी, ८६ केजी, ९२ केजी, ९७ केजी र १२५ केजी

उसु– थाउलो, सान्सौं (महिला र पुरुष)
थाउलो पुरुषतर्फ ६ र महिला तर्फ ४ विधा
सान्सौंः पुरुषतर्फ ८ तौल समुह र महिलामा ६ तौल समूह

प्याराग्लाइडिङ –एक्युरेसीः व्यक्तिगत, टिम (महिला र पुरुष)

क्रस कन्ट्रीः व्यक्तिगत, टिम (महिला र पुरुष)

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.