10 years ago
April 20, 2016
मित्र राष्ट्र फिलिपिन्सको शान्तारोसामा आयोजना हुने “तेश्रो अन्तराष्ट्रिय खुल्ला निशिमुरा कराते च्याम्पियनसिप २०१६” मा भाग लिन ५ सदस्यिय नेपाली वादोरियो कराते टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।
बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले टोलीलाई बिदाई गरे ।
अप्रिल २२ देखि २४ तारिख सम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल कराते महासंघका महासचिव एवं वादोरियोका संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसीको नेतृत्वमा त्यस तर्फ जाने टोलीमा अफिसियलमा बुनु तामाङ्ग, खेलाडीहरुमा सिमोन खत्रीले खुला तर्फ तथा ५०–५५ केजीमा मोहन तामाङ्ग र ४५–५० केजीमा विक बहादुर थामी रहेका छन् ।
खेलाडी सिमोन फिलिपिन्सको खेल पश्चात अप्रिल ३० मा जर्मनीमा आयोजना हुने “अन्तराष्ट्रिय जर्मन वादो कप २०१६”मा प्रतिस्पर्धा गर्न त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । उनी अप्रिल २६ तारिख फिलिपिन्सबाट जर्मन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]