default_image

7 years ago

March 18, 2019

युरोपियन ओपनमा सुस्मिलाई कांस्य

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुस्मि श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् ।

सुस्मिले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।

नेदरल्यान्डको हेगमा भएको प्रतियोगितामा सुस्मि हल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंक आधारमा चुकेपछि सुस्मि कांस्यमै सीमित भइन् ।

प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिका समेत निर्वाह गरेको बताइएको छ । प्रतियोगिता मार्च १६ र १७ तारिखमा भएको थियो ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.