10 years ago
May 24, 2016
काठमाडौं, जेठ ११ गते ।
जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता जेठ अन्तिममा हुने भएको छ । प्रतियोगिता जेठ ३१ र ३२ गते बानियााटारस्थित आयोजक पारामाउन्टको हातामा हुने छ ।
प्रतियोगितामा भारतको मुम्बइबाट ८ तथा नेपालको बुटवल, धादिङ, लम्जुङ, दोलखा र काठमाडौंबाट ८ गरी विभिन्न १६ विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक एवं पारामाउन्टका कराते प्रशिक्षक सुमन तिमल्सिनाले जनाएका छन् । ४८ स्वर्णका लागि करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । पहिलो संस्करणमा १३ स्वर्ण जित्दै आयोजक पारामाउन्ट टिम च्याम्पियन बनेको थियो ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]