6 years ago
September 6, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् ।

पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला खेलाडी छनोट भएका छन् । पुम्से महिलातर्फ १८ देखि २३ वर्षमा सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना छनोट भईन् ।
२४ देखि २९ वर्षसम्म पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई छनोट हुन सफल भइन् । ३० वर्षमाथि एसियाली पदक विजेता आयशा शाक्य छनोट भईन् । उनको विधामा उनी एक्लै रहँदा आयशा स्वत छनोट हुन सफल भइन् । यसअघि सागको फाइटमा आयशाले स्वर्ण पदक जितेकी थिइन् । यसपटक भने उनले आफुलाई फरक विधामा उतार्ने तयारी गरिरहेकी छिन् ।

पुरुषतर्फ १८ देखि २४ वर्षको उमेर समुहमा कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत र दिपेन्द्र गुरुङ छनोट भए । २४ देखि २९ वर्षसम्म कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बू छनोट भए । ३० वर्षमाथि रेजिन रिमाल र सन्जिव ओझा छनोट भए ।
क्यारोगीमा महिला ४६ केजी मुनि काजल श्रेष्ठ, ४९ केजी मुनि युनिशा राई, ५३ केजीमुनि अस्किता खड्का, ५७ केजी मुनि निमा गुरुङ, ६२ केजि मुनि इन्दिरा बस्नेत, ६७ केजी मुनि संगिता बस्याल, ७३ केजी मुनि अप्सरा कार्की र ७३ केजी माथि निशा रावल छनोट भईन् । ७३ केजीमुनि एसियाड र सागकी पदक विजेता मनिता शाहीले प्रतिस्पर्धा गरेपनि उनी छनोट हुन सकिनन् ।
पुरुषतर्फ ५४ केजी मुनि मनोज मल्ल, ५८ केजी मुनि गोविन्द आलेमगर, ६३ केजी मुनि ज्ञानेन्द्र हमाल, ६८ केजी मुनि वीर बहादुर महरा, ७४ केजि मुनि निश्चलमान श्रेष्ठ, ८० केजी मुनि किरण आलेमगर, ८७ केजी मुनि भुपेन श्रेष्ठ र ८७ केजी माथि सक्षम कार्की छनोट हुन सफल भए ।



December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]