9 years ago
June 16, 2016
काठमाडौं –
ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष, महिलातर्फ समान ५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष दानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
करिब ७० खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि झन्डै ४ लाख ७० हजार रुपैयाँ खर्च हुने महासचिव ध्रुवराज न्यौपानेले बताए । प्रतियोगिता धापासीस्थित मेरी गोल्ड हेल्थ क्लबमा हुने छ । ओभरसिज प्रा.लि. को मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता हुने लागेको हो ।
प्रतियोगिताअघि खेल विधि बारे एकदिने प्रशिक्षण पनि हुने छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय कुराँस संघका निर्णायकको पनि उपस्थिति रहने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जेठ २५ गतेको निर्णानुसार घिसिङको अध्यक्षतामा संघ गठन भएको थियो ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]