9 years ago
August 21, 2016
चिनियाँ खेलाडी सुइन झेङ फाइनल पुगेपछि रेपेचेजमा पाएको मौकामा नेपालकी निशा रावल फ्रान्सकि ग्वालेडीस इपांगेसंग ४-३ले पराजित भएकि छिन्।

पहिलो खेलमा चिनकि सुइन झेङसंग २-०ले पराजय व्यहोरेपनी चिनियाँ खेलाडी फाइनल पुगेपछि रावलले कास्य पदकका लागि रेपेचेजको मौका पाएकी थिइन्। ६७ केजीमाथिको तौल समूहमा निशाले विश्व नम्बर एक चीनिया झेङसँग पराजित हुँदा सन्तुष्ट भएको बताएकी थिइन। उनकै प्रशिक्षक एवं पुर्व ओलम्पियन संगीना वैद्यले पनि ओलम्पिक्समा पहिलोपल्ट भाग लिएकी निशाको २–० को हारलाई सन्तोषजनक नतिजा भएको बताइन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]