9 years ago
September 13, 2016
पाँचौ यूरोपियन पारा तेक्वान्दो च्याम्पियन्शिपमा सहभागिता जनाउन चार सदश्यीय टोली आज बेलुकी ११:१५मा पोल्यान्डतर्फ प्रस्थान गर्दैछन । दुई खेलाडी सिता भण्डारी र रन्जना धामीसँग ब्यवस्थापक कल्याण कुँवर र प्रशिक्षक दिपक बिष्टपनी रहेका छन ।

सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्य भएको दुबै खेलाडी सकरात्मक देखिएका छन । यस अगिपनी उक्त प्रतियोगितामा रन्जना धामिले कश्य पदक जितिसकेकी छिन ।
दुवै खेलाडीले १६ तारिखमा खेल्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]