default_image

9 years ago

November 13, 2016

बृद्धाश्रममा मार्सल आर्टको सहयोग

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  मार्सल आर्ट नेपालले मातातीर्थ बृद्धाश्रम समितिमा आश्रित बृद्धाहरुलाई जाँडोयाममा प्रयोग गर्ने सामाग्री शनिबार प्रदान गरेको छ ।

martial-arts-help-oldcare
समितिमा आश्रित २३ जनालाई सामाग्री प्रदान गरिएको हो । प्रदान गरिएका सामाग्रीमा कम्बल, सल, मोजा र पञ्जा रहेका छन् । ७ बोरा चामल पनि प्रदान गरिएको थियो । करिब १ लाख ५० हजार मुल्य बराबरको सामाग्री प्रदान गरिएको मार्सल आर्ट नेपालका अध्यक्ष एवं पूर्व उसु खेलाडी राजिव महर्जनले जनाएका छन् ।

मार्सल आर्ट नेपालका संरक्षक एवं काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटी, मार्सल आर्ट नेपालका अध्यक्ष महर्जन, १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुकी स्वर्ण विजेता निमा घर्ती मगरलगायतका उसु खेलाडीले बृद्धाहरुलाई मातातीर्थमै पुगेर सामाग्री हस्तान्तरण गरेका थिए । सहयोग सामाग्री मार्सल आर्ट नेपालका पदाधिकारी र शुभचिन्तकबाट रकम संकलन गरी खरिद गरिएको बताइएको छ ।

सामाग्री हस्तान्तरणपछि उसु खेलाडी टोलीले बृद्धाहरुलाई भोजन गरएका थिए । साथै १५ हजार मुल्य बराबरको औषधि पनि समितिलाई प्रदान गरे । खेलाडीले आफ्नो डाइट खर्च र पकेट मनीबाट पैसा जोगाउनुका साथै देउसी भैलो खेलेर उठेको रकमबाट बृद्धालाई भोजन र औषधिको प्रबन्ध मिलाएका हुन् ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.