default_image

2 years ago

October 19, 2022

आर्मीकी पुनमलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको महिला ७० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । १३ अ‍ौं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता पुनमले बागमतीकी रन्जना खड्कालाई फाइनलमा इप्पन प्रहार गर्दै सहजै हराएकी थिइन् । पुलिसकी रजनी मगर र प्रदेश १ की सिमान्ता राईले कास्य पदक प्राप्त […]

246 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको महिला ७० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् ।

१३ अ‍ौं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता पुनमले बागमतीकी रन्जना खड्कालाई फाइनलमा इप्पन प्रहार गर्दै सहजै हराएकी थिइन् । पुलिसकी रजनी मगर र प्रदेश १ की सिमान्ता राईले कास्य पदक प्राप्त गरे ।

पुरुष ८१ केजी तौल समुहमा आर्मीका जंगबहादुर सारुले स्वर्ण पदक जिते । उनले फाइनलमा पुलिसका मदु रोकामगरलाई पराजित गरेका थिए । बागमतीका संजय महर्जन र सुदूरपश्चिमका योगेन्द्र विष्टले कास्य जिते ।

महिला ७८ केजी माथि तौल समूहमा आर्मीकै आकृति जोशीले स्वर्ण पदक जितिन् । पुलिसकी पुजा राजवंशी फाइनलमा पराजित हुँदै रजतमा सिमित भइन् । पुलिसकी भावना घर्ती मगर र बागमतीकी अस्मिता गोले कास्यमा सिमित भए ।

पुलिसका मनिष महतोले पुरुष ९० केजी तौल समूहको स्वर्ण पदक जिते । आर्मीका सुजन गुरुङ फाइनलमा पराजित भए । मधेशका गुड्डु कुमार कानु र सुदूरपश्चिमका सुरेश गिरीले कास्य पदक जिते ।

आर्मीका रमेश चन्दले पुरुष १ सय केजी तौल समूहको स्वर्ण जिते । फाइनलमा मधेशका हिमांशु गुप्ताले चोटका कारण खेल्न नसकेपछि रेफ्रीले इप्पन दिएका थिए । पुलिसका श्रीराम माकजु र प्रदेश १ का निश्चल राई कास्यमा सिमित भए ।

महिला ७८ केजी तौल समूहमा पुलिसकी देवी गुरुङले स्वर्ण जितिन् । आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । सुशीला कुमारी चौधरी र सम्झना चौधरीले कास्य जिते ।

पुरुष १ सय केजी माथि तौल समूहमा पुलिसका राजन जोशीले स्वर्ण जिते । उनले आर्मीका रन्जेश गोलेलाई इप्पन प्रहार गर्दै पराजित गरे । तेस्रो स्थानमा बागमतीका आदित्य दाहाल र ललितपुरका प्रनित जंग सिंहले कास्य प्राप्त गरे ।

हालसम्म आर्मीले ८ स्वर्ण जित्दा पुलिसले ६ स्वर्ण जितेको छ । विहीबार टिम इभेन्ट हुनेछ ।

Success

Thank you for your time.