default_image

7 years ago

December 24, 2016

जुडोको ४८ केजी मुनि पुलिसकी सरितालाई स्वर्ण

झापा (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत झापाको धुलाबारीमा सुरु भएको जुडोमा ९ स्वर्ण पदकको निर्णय भएको छ । पुरुषतर्फको ४५ केजीमुनि आर्मीका सुबोध मन्डलले स्वर्ण, पूर्वाञ्चलका अमितकुमार रामलाई रजत, मध्यमाञ्चलका निशान लिम्वू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कांस्य पदक जिते । ५५ केजीमुनि मध्यमाञ्चलका किरण गजेल पहिलो, आर्मीका कर्मा तामाङ दोस्रो, एपीएफका दीपेन्द्र तामाङ र […]

48 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत झापाको धुलाबारीमा सुरु भएको जुडोमा ९ स्वर्ण पदकको निर्णय भएको छ । पुरुषतर्फको ४५ केजीमुनि आर्मीका सुबोध मन्डलले स्वर्ण, पूर्वाञ्चलका अमितकुमार रामलाई रजत, मध्यमाञ्चलका निशान लिम्वू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कांस्य पदक जिते ।

judo
५५ केजीमुनि मध्यमाञ्चलका किरण गजेल पहिलो, आर्मीका कर्मा तामाङ दोस्रो, एपीएफका दीपेन्द्र तामाङ र पुलिसका रोहन थापामगर तेस्रो भए । ६६ केजीमुनिमा मध्यमाञ्चलका इन्द्रबहादुर श्रेष्ठलाई स्वर्ण, पुलिसका टीकाराम चौधरीलाई रजत, पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपीएफका विजय तामाङले संयुक्त रुपमा कांस्य जिते ।
८१ केजीमुनि मध्यमाञ्चलका मोहन सुनुवारले स्वर्ण, पुलिसका सन्तोष सुनारले रजत, आर्मीका दिलबहादुर मगर र पश्चिमाञ्चलका मंग्लु मेचेले काश्य जिते । पुरुष १०० केजीमुनि मध्यमाञ्चलका रविन श्रेष्ठ पहिलो, आर्मीका शिवराम बराम दोस्रो, पुलिसका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कांस्य पदक जिते ।
त्यसैगरी महिला ४८ केजीमुनि पुलिसकी सरिता चौधरीले स्वर्ण, मध्यपश्चिमकी सारदा खत्रीले रजत जित्दा आर्मीकी सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले काश्य जित्न सफल भए । महिला ५७ केजीमुनि आर्मीकी मनिता श्रेष्ठ प्रधान पहिलो, मध्यमाञ्चलकी सर्मिला तामाङ दोस्रो, मध्यपश्चिमकी निर्मला कुँवर र पुलिसकी विष्णु थापा संयुक्त रुपमा तेस्रो भए ।
महिला ६० केजीमुनि मध्यमाञ्चलकी सुनिता मगरले स्वर्ण, मध्यपश्चिमकी सम्झना चौधरीले रजत, आर्मीकी गंगा चौधरी र पुलिसकी रेणुका थापाले कास्य जिते । त्यसैगरी महिलाको ७८ केजीमाथि सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण, आर्मीकी आकृति जोशीले रजत र पश्चिमाञ्चलकी सीमा ठकुरीले कास्य जितिन् ।

Success

Thank you for your time.