default_image

7 years ago

December 25, 2016

फुपुले जितिन् स्वर्ण, दुई दिनमा १८ स्वर्ण पदक छिनोफानो

झापा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्रीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडो ६३ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकमा समेत भाग लिएकी फुपुले लिगको अन्तिम खेल चार सेकेन्डमा आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेकी थिइन् । फुपुले स्वर्ण जितेको तौलमा निशा चौधरीले […]

47 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्रीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडो ६३ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकमा समेत भाग लिएकी फुपुले लिगको अन्तिम खेल चार सेकेन्डमा आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेकी थिइन् ।

phupo

फुपुले स्वर्ण जितेको तौलमा निशा चौधरीले रजत तथा सुदरपश्चिमाञ्चलकी शेखा श्रेष्ठ र पुर्वाञ्चलकी दिल कुमारी सिजालीले कास्य पदक जिते । झापाको धुलाबारीमा सञ्चालित प्रतियोगितामा आइतबार ९ स्वर्ण पदकको टुंगो लागेको थियो । अघिल्लो दिन पनि ९ स्वर्ण पदकको टुंगो लागेको थियो । सोमबार तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

महिला ४४ केजीमा मध्यपश्चिमाञ्चलका सोनु भटृले स्वर्ण,पश्चिमाञ्चलका सोम माया तामाङले रजत,सुदुरपश्चिमाञ्चलका विमला महता र नेपाल आर्मीकी सुमित्रा राईले कास्य पदक जिते । ५२ केजी तौलसमुहमा आर्मीकै लिला अधिकारीले स्वर्ण,पुलिसकी दिल कुमारी छन्त्यालले रजत ,एपीएफकी देविका खड्का र मध्यमाञ्चलकी कविता नेपालीले कास्य पदक हात पारिन् । महिलाकै ७८ केजीमा आर्मीकी पुनम श्रेष्ठले स्वर्ण,पुर्वाञ्चलकी वविता चौधरीले रजत,पुलिसकी भावना घर्तिमगर र मध्यपश्चिमाञ्चलकी कृष्णी राइदासले कास्य जितिन् ।

त्यस्तै पुरुष ५० केजी तौल समुहमा आर्मीका तिलक बहादुर देउजाले स्वर्ण,मध्यमाञ्चलका मनोज आचार्यले रजत,एपीएफका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चक्रविर रोक्काले कास्य हात पारे । ६० केजी तौलमा आर्मीका सुदिप कुमार बोहराले स्वर्ण,पुलिसका उमेश मगरले रजत ,मध्यपश्चिमाञ्चलका दिनेश बुढामगर र पुर्वाञ्चलका विकास भुजेलले कास्य पदक जितेका छन् ।

७३ केजी तौलसमुहमा पुलिसका सञ्चित डंगोलले स्वर्ण,मध्यमाञ्चलका रामभक्त तामाङले रजत,एपीएफका निर्दोश चलाउने र आर्मीका जंग बहादुर सारुले कास्य जिते । पुरुष ९०केजी तौलसमुहमा नेपाल प्रहरीका श्रीराम मकाजुले स्वर्ण,मध्यमाञ्चलका सञ्जय महर्जनले रजत, नेपाल आर्मीका सुर्यमान लामा र सुदुपश्चिमाञ्चलका चन्द्र प्रसाद चौधरीले कास्य तथा १०० केजीमा नेपाल प्रहरीका राजन जोशीले स्वर्ण,नेपाल आर्मीका कालुमान तामाङले रजत ,पुर्वाञ्चलका बच्चुलाल चौधरी र सुदुरपश्चिमाञ्चलका आषिश ओझाले कास्य पदक जितेका छन् ।

दोस्रो दिनको पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्रि दलजित विके श्रीपाली,राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष लामा टेण्डि शेर्पा र नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्यले पदक हस्तान्तरण गरे ।

Success

Thank you for your time.