default_image

7 years ago

January 3, 2017

सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता रविन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको एक सय केजी समूहमा स्वर्ण जितेका रविन श्रेष्ठलाई मध्यपुर कौशलटारस्थित आदर्श जनप्रेमी अंग्रेजी माध्यामिक विद्यालयले नगदसहित सम्मान गरेको छ । विद्यालय, परिवार, टोल, जिल्ला, समग्र खेल जगत तथा राष्ट्रको गरिमा बढाउन सफल भएको भन्दै मंगलबार विद्यालयले उनलाई ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको एक सय केजी समूहमा स्वर्ण जितेका रविन श्रेष्ठलाई मध्यपुर कौशलटारस्थित आदर्श जनप्रेमी अंग्रेजी माध्यामिक विद्यालयले नगदसहित सम्मान गरेको छ ।

?

स्वर्ण पदक विजेता रविन श्रेष्ठलाई सम्मान गर्दै आदर्श जनप्रेमी अंग्रेजी माध्यामिक विद्यालयका सञ्चालक निलेश आचार्य (दायाँ) ।

विद्यालय, परिवार, टोल, जिल्ला, समग्र खेल जगत तथा राष्ट्रको गरिमा बढाउन सफल भएको भन्दै मंगलबार विद्यालयले उनलाई ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेको हो । १० वर्षदेखि जुडो खेलमा लागेका रविनले सातौं राष्ट्रिय खेलमा नेपाल आर्मीका शिवबहादुरलाई हराएर स्वर्ण पदक जितेका थिए ।

आदर्श जनप्रेमीमा कम्प्युटर शिक्षक समेत रहेका श्रेष्ठलाई खेलमा थप उत्साह दिन सम्मान गरिएको विद्यालयका सञ्चालक निलेश आचार्यले बताए । पूर्वाञ्चलमा भएको खेलमा आयोजकले राम्रो व्यवस्थापन नगरेको र खेलाडीलाई दिइएको भत्ताले खान र बस्न पनि नपुगेको गुनासो आएपछि थोरै रकम भएपनि श्रेष्ठलाई विद्यालयले सहयोग गरेको आचार्यले बताए । उनले भने, ‘खेलाडीलाई हतोत्साही हैन, उत्साही बनाउनुपर्छ । त्यसैले हामीले रविनलाई नगदसहित सम्मान गरेका हौं ।’

सम्मानित रविनले खेल जित्नको लागि सधैं धैर्य र मेहनत चाहिने बताए । उनले पुरस्कारले आफूलाई आगामी दिनमा पदक जित्न थप हौसला मिलेको बताए । उनले भने, ‘पुरस्कारले मलाई थप जिम्मेवारीबोध गराएको छ । आगामी दिनमा अझै मेहनतका साथ खेल्नेछु । अब साग, एसियन र ओलम्पिकको लागि तयारी गर्नेछु । ’

Success

Thank you for your time.