default_image

1 week ago

May 6, 2025

जुडो टोली भुटान प्रस्थान

355 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।

मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्ने छन् ।

महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुने छन् । प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा उपाध्यक्ष आचार्यले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गरी राष्ट्रलाई पदक दिलाउन शुभकामना दिए ।

प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Success

Thank you for your time.