default_image

9 years ago

August 13, 2015

फुपुलाई नगद पुरस्कार

वल्र्ड र्‍याङकिङ इभेन्टअन्तर्गत हङकङ र मकाउमा सम्पन्न जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपकी पदक विजेता फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगद पुरस्कार प्रदान गर्ने भएको छ । दुवै स्थानमा भएको च्याम्पियनसिपमा फुपुले पदक जितेकी थिइन् । जुलाई १७ देखि १९ तारिखसम्म हङकङमा भएको प्रतियोगितामा फुपुले रजत हात पारेकी थिइन् । त्यस्तै जुलाई २४ देखि […]

58 views

0 Bookmark

वल्र्ड र्‍याङकिङ इभेन्टअन्तर्गत हङकङ र मकाउमा सम्पन्न जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपकी पदक विजेता फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

File Pic

File Pic

दुवै स्थानमा भएको च्याम्पियनसिपमा फुपुले पदक जितेकी थिइन् । जुलाई १७ देखि १९ तारिखसम्म हङकङमा भएको प्रतियोगितामा फुपुले रजत हात पारेकी थिइन् । त्यस्तै जुलाई २४ देखि २६ तारिखसम्म मकाउमा भएको च्याम्पियनसिपमा फुपुले कांस्य प्राप्त गरेकी थिइन् । फुपुले महिलाको ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
जुडो संघको बैठकले फुपुलाई दुवै पदकका लागि १० हजार नगद पुरस्कार दिने निर्णय गरेको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बिहीबार जनाएका छन् । दुवै च्याम्पियनसिपमा प्रशिक्षकको भूमिका निर्वाह गरेकी ओलम्पियन देवु थापालाई पनि ५ हजार नगद पुरस्कार दिने निर्णय गरिएको अध्यक्ष वज्राचार्यले जानकारी गराए ।

Success

Thank you for your time.