default_image

7 years ago

May 24, 2017

“कहिलेपनि दबावमा रहेर खेल्दिन” – ओलम्पियन फुपू ल्हामु खत्री

सुबास हुमागाईं हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत नेपालको खेल भोलीबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गरेको जुडो टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाई गरियो। एसियन च्याम्पियनसिपका लागि हङकङ जानु अगाडी चार खेलाडीहरुले हंगेरीमा एक महिना अन्तर्राष्ट्रिय जुडो संघको विशेष प्रशिक्षणमा सहभागिता जनाएका थिए। ओलम्पियन फुपुल्हामु खत्री सँगै मनिता श्रेष्ठ प्रधान, किरण […]

51 views

0 Bookmark

सुबास हुमागाईं

हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत नेपालको खेल भोलीबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गरेको जुडो टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाई गरियो

एसियन च्याम्पियनसिपका लागि हङकङ जानु अगाडी चार खेलाडीहरुले हंगेरीमा एक महिना अन्तर्राष्ट्रिय जुडो संघको विशेष प्रशिक्षणमा सहभागिता जनाएका थिए। ओलम्पियन फुपुल्हामु खत्री सँगै मनिता श्रेष्ठ प्रधान, किरण गदेल र इन्द्र बहादुर श्रेष्ठले हंगेरीमा प्रशिक्षण लिएका थिए।

१२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक हात पारेकी फुपू ल्हामु खत्रीको यो दोश्रो हंगेरी यात्रा थियो। यसअघि सन् २०१६मा पनि उनले हंगेरीमा रहेर ६ महिना विशेष प्रशिक्षण लिएकी थिइन्। उनले प्रतियोगिता अगाडी गरेको हंगेरी प्रशिक्षणले प्रतियोगितामा सजिलो हुने बताइन्। “हङकङमा राम्रो प्रदर्शन गर्ने आशा छ। हामीले हंगेरीबाट १ महिना प्रशिक्षण लिएर आएका छौँ र छोटो भएपनि यसले ठुलो सहयोग पुग्नेछ।”

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका साथसाथै पदक समेत जितिसकेकी फुपू पुरानो अनुभवले सहयोग पुग्ने बताउँछिन। “पहिलाको अनुभवको आधारमा नतिजा राम्रो आउँछ भन्ने होइन, तर अनुभवले आफ्नो विपक्षीको खेल बुझ्न सहयोग पुग्छ। त्यसको भरपुर प्रयोग गर्दै आफ्नो प्रदर्शनमा सुधार गरेर राम्रो नतिजा ल्याउने आशा गरेको छु।”

हङकङ जाने जुडो टोली

अन्तर्राष्ट्रिय पदक जितिसकेकाले यस्तो प्रतियोगितामा जाँदा कुनै किसिमको दबाब नलिने फुपू नतिजालाई पुरानो ध्यानमा राख्दिनन्। “म जुनैपनि प्रतियोगितामा जाँदा दबाब लिएर खेल्दिन। आफ्नो सक्दो राम्रो प्रदर्शन दिएर खेल्ने हो, नतिजा आउनुमा विपक्षीको पनि उत्तिकै हात हुन्छ।  मैले ओलम्पिकमा सहभागिता र सागमा स्वर्ण पदक जितिसकेको छु तर त्यसले मेरो आगामी खेलहरु पक्कै सहज हुँदैनन्। म सधैं आफ्नो तयारीमा ध्यान दिन्छु र खेलमा सक्दो सुधार गर्नेमा केन्द्रित हुन्छु।”

दोश्रोपटकको हंगेरी बसाईं पहिलाजस्तो नरहेपनि यसले प्रतियोगिताको लागि भने राम्रो आधार बनाएको उनको बुझाइ छ। “यो पालिको हंगेरीको प्रशिक्षण पनि पहिला जस्तै हो। हामीलाई पहिलाकै प्रशिक्षकले सिकाउनुभएको हो। नयाँ टेक्निक केहि नभएपनि पुरानै टेक्निकलाई कसरि अझ प्रभावकारी ढंगले प्रयोग गर्न सकिन्छ भन्ने सिक्यौं। प्रतियोगिता अगाडी यस्तो प्रशिक्षणले अवश्य पनि राम्रो खेल दिन मद्दत पुग्छ।”

यस प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन राम्रो हुने अपेक्षा फूपुले राखेकी छिन्। “टोलीका ७ खेलाडीमध्ये ४ जना हंगेरीबाट आएका हौँ। मलाई महिला इभेन्टमा हामीले राम्रो प्रदर्शन गर्न सक्छौं जस्तो लाग्छ। हामि महिला तर्फ तीन इभेन्टमा हामी प्रतिस्पर्धा गर्दैछौं र तयारी अनुरुपको खेल हुने हो भने लिला दिदि र नमिता दुवैले राम्रो नतिजा ल्याउन सक्छन।”

Success

Thank you for your time.