default_image

8 years ago

December 5, 2015

सागका लागि छ जुडो खेलाडी छानिए

भारतमा माघ–फागुनमा हुने आसन्न १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबार छ जुडो खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष/महिला गरी छ खेलाडी छनोट भएका हुन् । सागमा जुडोबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । […]

51 views

0 Bookmark

भारतमा माघ–फागुनमा हुने आसन्न १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबार छ जुडो खेलाडी छनोट भएका छन् ।

6(2)

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष/महिला गरी छ खेलाडी छनोट भएका हुन् । सागमा जुडोबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । बााकी खेलाडीको टुंगो आइतबार लाग्ने छ ।

पुरुषको ६६ केजीमुनि काठमाडौंका रमेश मगर पहिलो भए । उनले फाइनलमा नुवाकोटका रामभक्त तामाङलाई पराजित गरे । ८१ केजीमुनि नेपाल आर्मीका पवनकुमार श्रेष्ठले नेपाल प्रहरीका राजबहादुर चन्दलाई हराउदै पहिलो भए । १०० केजीमुनि कुनै प्रतिद्वन्द्वी नभेटेका आर्मीका शिवबहादुर बराम स्वत: छानिए ।

महिलाको ५२ केजीमुनि आर्मीकी लीला अधिकारी पहिलो भइन् । लीलाले काठमाडौंकी कविता नेपालीलाई फाइनलमा हराइन् । ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री शीर्ष स्थानमा रहिन् । फुपुले फाइनलमा प्रहरीकी निशा चौधरीलाई पाखा लगाइन् । ७८ केजीमुनि एपीएफ क्लबकी पुनम श्रेष्ठले बााकेकी कुर्समा राइदासलाई पन्छ्याउदै सागका लागि स्थान पक्का गरिन् ।

प्रतियोगितामा ६५ पुरुष र ३४ महिला गरी ९९ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठले जनाएका छन् ।

Success

Thank you for your time.