default_image

8 years ago

September 11, 2016

फुपुल्हामुलाई अर्को सफलता, एसियन जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् ।   भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो ।  फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् ।

received_10155201640848032-01

 

भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो । 

फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै पदक प्राप्त गरेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिएका छन् । फुपुसंगै उज्वेकिस्तानकी खेलाडी संयुक्त रुपमा तेश्रो भएकी थिइन् । कोरियाकी खेलाडीले स्वर्ण र काजाकिस्तानकी खेलाडीले रजत पदक जितेकी थिइन् ।
गत बर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । २२ बर्षपछि नेपालले सागमा स्वर्ण पदक जितेको त्यो पहिलो हो । उनी जुडोमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत महिना आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा उत्कृष्ट महिला खेलाडी चुनिएकी उनले रियो ओलम्पिकमा पनि भाग लिएकी थिइन् ।
करेलामा पदक जितेपछि उनले फेसबुकमा लेखेकी छिन्,‘ भगवान, नेपाली टोली, जुडो संघ, साथीहरु, परिवारका सदस्य सबैलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।’
प्रतियोगितामा नेपालको त्यो दोश्रो पदक हो । यसअघि क्याडेटतर्फ नेपालकी मनीता श्रेष्ठ प्रधानले महिला ५२ केजीमुनि नेपाललाई कांस्य दिलाएकी थिइन् । प्रतियोगिता आइतबारै सम्पन्न भएको छ ।

Success

Thank you for your time.