default_image

9 years ago

December 6, 2016

नेपाली खेलाडीले विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

194 views

0 Bookmark

 

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले हंगेरीमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि ११ सम्म हंगेरीको बुढापेस्टमा हुनेछ । नेपाली खेलाडी मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी प्रतिस्पर्धा गर्नेछन् । टोलीको टिम लिडर तथा ब्यवस्थापकमा राम श्रेष्ठ छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक बिष्टले मंगलबार टोलीको विदाई गरे । टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

1

सेम्प्टेम्बर २०१३ आ जापानमा आयोजना भएको सातौ विश्व सितेरियो च्याम्पियनसिपमा मल्लीका, अनु र विजय लामाले प्रतिस्पर्धा गरेका थिए । एघारौं सागकी रजत विजेत अनु अधिकारीले उक्त प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेकी थिईन् । उनी जापानकी खेलाडीसंग २ – १ ले पराजित हुन पुगेकी प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । ‘विश्व च्याम्पियनसिपमा पदककै आशा गर्ने ठाँउ नभएपनि खेलाडीहरुलाई अनुभव बटुल्ने राम्रो अवसर हुनेछ’ प्रशिक्षक श्रेष्ठले भने,‘यो सहभागिताले भविष्यमा हुने दक्षिण एसियालीस्तरका खेलका लागि फाइदा पुग्नेछ ।’ टोलीसँग यसपटक प्रशिक्षक भने रहने छैनन् । टोलीमा मल्लिका, अनु र विजय राष्ट्रिय टोलीको नियमित प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

Success

Thank you for your time.