default_image

7 months ago

October 5, 2023

एसियाड कराते : कातामा नेपालको चुनौती समाप्त

सुबास हुमागाईं, हाङ्गचौ १९ औं एसियाली खेलकुद अन्तर्गत करातेको कातातर्फ नेपालको चुनौती सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण पार गर्न नसक्दा नेपालको कातामा चुनौती सकिएको हो । सोनिमले पुल २ मा पाँचौ स्थान हासिल गर्दा दोस्रो चरणमा स्थान बनाउन सकेनन् । हरेक पुलबाट शीर्ष ४ खेलाडी अर्को चरणमा […]

362 views

0 Bookmark

सुबास हुमागाईं, हाङ्गचौ

१९ औं एसियाली खेलकुद अन्तर्गत करातेको कातातर्फ नेपालको चुनौती सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण पार गर्न नसक्दा नेपालको कातामा चुनौती सकिएको हो ।

सोनिमले पुल २ मा पाँचौ स्थान हासिल गर्दा दोस्रो चरणमा स्थान बनाउन सकेनन् । हरेक पुलबाट शीर्ष ४ खेलाडी अर्को चरणमा प्रवेश गर्ने प्रावधान भएकोमा सोनिम झिनो अन्तरले अघि बढ्न सकेनन् । सोनिमले चतानायारा कुशान्कु काता प्रस्तुत गरेका थिए ।

सोनिमले ३८.३ अंक जोड्दा जापानका काजुमासा मोटो ४२.९, कुवेतका साएद अल्मोसवी र दक्षिण कोरियाका पार्क हिजुन समान ४१.६ तथा भिएतनामका मिन फाम ४० अंकका साथ अघि बढेका थिए । कतारका आधाम हाशेम ३८ अंकका साथ पुछारमा रहे ।

त्यस्तै एलिसा भने ८ खेलाडी सम्मिलित पुलको छैटौं स्थानमा रहेर अघि बढ्न सकिनन् । उनले पापुरेन काता प्रस्तुत गरेकी थिइन् । एलिसाले ३७.३ अंक जोड्दा जापानकी कियो शिमिजु ४२.६, हङकङकी ग्रेस लाउ ४१.७, फिलिपिन्सकी साकुरा अल्फोर्टे ४० र इन्डोनेसियाकी अप्रिलिया क्रिस्दा पुत्री ३९.८ अंक जोड्दै अघि बढे ।

अर्को पुलमा भने एलिसा भन्दा कम स्कोर जोड्ने खेलाडी अघिल्लो चरणमा बढे । भिएतनामकी फुओङ एनगुएँ ३८.९, मलेसियाकी रोबर्थ एन ३८.६, ताइपेइकी हुइ चिएन ३७.९ तथा मकाउकी सोइ लाम सोउ ३६.१ अंक जोड्दै अघि बढे ।

नेपालले टिम कातामा भने सहभागिता जनाएको छैन । आज हुने कुमुतेतर्फ पुरुष ७५ केजी तौल समूहमा मोहमद सेखु आलमले खेल्दैछन् । उनले कजाकस्तानका नुराकानात अझिकानोभसँग खेल्नेछन् । अझिकानोभले २०२३ मै भएको एसियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

नेपालबाट कातामा २ र कुमुतेमा ६ गरी कुल ८ खेलाडी करातेमा छन् । अन्य खेलाडीमा विप्लभ श्रेष्ठले शुक्रबार ८४ केजी तौल समूहको अन्तिम १६ चरणमा ताजिकिस्तानका उमेद साफारोभसँग खेल्नेछन् । त्यस्तै भोली नै निरुपा तामाङले ६१ केजी तुलह समूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तराको सामना गर्नेछिन् ।

शनिबार हुने खेलमा एरिका गुरुङले ६८ केजी तौलको क्वाटरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्नेछिन् । सोहि दिन सन्तोष श्रेष्ठले ६७ केजीको अन्तिम १६ मा थाईल्याण्डका चाइवाट फियान्दीको सामना गर्नेछन् ।

अन्तिम दिन आइतबार ५० केजी तौल समूहको अन्तिम ३२ मा सविना श्रेष्ठले चीनकै रानरान लीसँग खेल्नेछिन् ।

Success

Thank you for your time.