default_image

7 months ago

October 7, 2023

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […]

8528 views

0 Bookmark

सुबास हुमागाई, हाङ्गचौ

चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् ।

एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको छ । एसियाडमा करातेले पहिलो पटक रजत पदक जितेको हो भने महिला कबड्डी टोलीले पहिलो सहभागितामा नै कासय पदक जितेको हो । नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी हुन् ।

नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ । राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिकाले रजत पदकको लागि साढे १९ लाख रुपैयाँ पाउने भएकी हुन् ।

यससँगै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलको मुख्य प्रशिक्षकले ३ लाख ९० हजार र सहायक प्रशिक्षक तथा व्यवस्थापकले १ लाख ९५ हजार तथा सम्बन्धित संघले ६ लाख ५० हजार रुपैयाँ पाउने कार्यविधिमा उल्लेख छ । करातेको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ, सहायक प्रशिक्षकमा छोरी डंगोल तथा व्यवस्थापकमा निवासगोपाल वैद्य छन् । नेपाल कराते महासंघ पनि सरकारबाट ६ लाख ५० हजार रुपैयाँले पुरस्कृत हुनेछ ।

त्यस्तै समूहगत स्पर्धाको कास्य पदक विजेता कबड्डी टोलीका हरेक खेलाडीले जनही ३ लाख ९० रुपैयाँ पाउनेछन् । कास्य जित्ने खेलका मुख्य प्रशिक्षकले २ लाख ६० हजार र सहायक प्रशिक्षकले १ लाख ३० हजार रुपैयाँ पाउनेछन् । कबड्डीमा पार्वती राई मुख्य प्रशिक्षक र विष्णु दत्त भट्ट प्रशिक्षक छन् । व्यवस्थापक डिल्लीराम काफ्लेले पनि १ लाख ३० हजार पाउनेछन् । उनी राष्ट्रिय खेलकुद परिषदका कर्मचारी हुन् ।त्यस्तै कबड्डी संघले ३ लाख ९० हजार रुपैयाँ पाउनेछ ।

एरिकाले कराते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो ।

यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो । यसपटक नेपालले १ रजत र १ कास्य पक्का गरिसकेको छ । अब आइतबार करातेमै ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

कराते – रजत विजेता

खेलाडी एरिका गुरुङ – १९ लाख ५० हजार रुपैयाँ

प्रशिक्षक कुशल श्रेष्ठ – ३ लाख ९० हजार रुपैयाँ

सहायक प्रशिक्षक छोरी डंगोल – १ लाख ९५ हजार रुपैयाँ

नेपाल कराते महासंघ – ६ लाख ५० हजार रुपैयाँ

कबड्डी – कास्य विजेता

खेलाडीहरु मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट – प्रति खेलाडी ३ लाख ९० हजार रुपैयाँ

मुख्य प्रशिक्षक पार्वती राई – २ लाख ६० हजार रुपैयाँ

प्रशिक्षक विष्णु दत्त भट्ट – १ लाख ३० हजार रुपैयाँ

नेपाल कबड्डी संघ – ३ लाख ९० हजार रुपैयाँ

यसअघि खेलकुद पुरस्कार कार्यविधिको अनुसार समाचार तयार भएपनि नेपाल सरकारले पुरानो कार्यविधिबारे कुनै जानकारी नदिई २०७९ मा खेलकुद विकास नियमवाली ल्याएकाले त्यसै अनुसार नयाँ पुरस्कार रकम राखिएको छ । पाठकमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं । – सम्पादक

Success

Thank you for your time.