default_image

6 months ago

November 17, 2023

दक्षिण एसियाली कराते मंसिर तेस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा दक्षिण एसियाली कराते प्रतियोगिता मंसिर तेस्रो सातामा हुने भएको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता मंसिर १६ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हालमा हुने भएको हो । आयोजक नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३ सय ५३ […]

641 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा दक्षिण एसियाली कराते प्रतियोगिता मंसिर तेस्रो सातामा हुने भएको छ ।

दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता मंसिर १६ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हालमा हुने भएको हो । आयोजक नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ३ सय ५३ खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता आयोजना हुनुअघि नेपालमा पहिलोपटक एसियाली कराते महसंघको रेफ्री सेमिनार पनि हुँदैछ । नेपाल कराते एकेडेमी हालमा हुने उक्त सेमिनारबाट नेपालका रेफ्रीहरु पनि लाभान्वित हुनेछन् ।

कराते महासंघले गत साता यस प्रतियोगिताका लागि छनोट समेत आयोजना गरेको थियो । सिनियरसँगै जुनियर, क्याडेट र अन्डर-२१ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट ८० भन्दा बढी खेलाडीले काता र कुमुतेमा प्रतिस्पर्धा गर्नेछन् ।

महासंघले प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी पनि सुम्पिएको छ । कुशल श्रेष्ठ, तुलसी महर्जन र छोरी डंगोल कुमुतेतर्फ तथा वीरकृष्ण शाही र मन्डेकाजी श्रेष्ठ कातातर्फ प्रशिक्षक रहेका छन् ।

छनोटमा १९ औं एसियाली खेलकुदकी रजत विजेता एरिका गुरुङलाई छनोट नखेली प्रतियोगितामा स्थान दिइएको थियो । यस्तै अन्य राष्ट्रिय टोलीका खेलाडीले आफ्नो तौल समूहको फाइनलमा पुगेका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको फेसबुक र युट्युब च्यानलबाट हुनेछ ।

Success

Thank you for your time.