default_image

7 years ago

March 27, 2017

सुनिललाई अमेरिकामा कांस्य

काठमाडौं (हाम्रो खेलकुद) –  शनिबारबाट शुरु भएको न्युयोर्क ओपन च्याम्पियनसिपमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी करातेका सुनिल लामाले कांस्य पदक जितेका छन्। ६० केजी तौल समुहमा आइतबार राति प्रतिस्पर्धा गरेका सुनिलले रेपेचेजबाट पदक जितेका हुन्। पहिलो खेलमा ८-०को सहज जित हात परेका सुनिलले दोश्रो खेलमा ८-४को विजय हासिल गरे। तेश्रो खेलमा ५-३ […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  शनिबारबाट शुरु भएको न्युयोर्क ओपन च्याम्पियनसिपमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी करातेका सुनिल लामाले कांस्य पदक जितेका छन्।

17506519_1385966611460515_1998855174_n

६० केजी तौल समुहमा आइतबार राति प्रतिस्पर्धा गरेका सुनिलले रेपेचेजबाट पदक जितेका हुन्। पहिलो खेलमा ८-०को सहज जित हात परेका सुनिलले दोश्रो खेलमा ८-४को विजय हासिल गरे। तेश्रो खेलमा ५-३ ले पराजय भोगेका सुनिलले रेपेचेज मार्फत पदक जित्ने आशा भने कायमै राखेका थिए।

रेपेचेजमा उत्कृष्ट प्रदर्शन गर्दै ७-०को जित हासिल गरेपछि उनले कांस्य पदक जितेका थिए

प्रतियोगिताको लागि अमेरिका प्रस्थान गर्नुअघि लामाले पदक जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका थिए । न्युयोर्क ओपन च्याम्पियनसिपमा २० देशका खेलाडी सम्मिलित थिए ।

न्युयोर्क ओपनपछि लामाले अप्रिल १२ देखि १६ सम्म हुने यूएस ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। उनले यी दुवै च्याम्पियनसिपलाई आसन्न एसियन गेम्स र नेपालमै आयोजना हुने १३ औं सागको तयारी समेत रहेको बताए। न्युयोर्क ओपन र युएस ओपन सुनिलको यो दोस्रो सहभागिता हो। यसअघी सुनिलले न्युयोर्क ओपनमा क्वार्टरफाइनल तथा युएस ओपनमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

एसियन गेम्स र १३ औं सागलाई नै केन्द्रमा राखेर करिव ६ महिनासम्म अमेरिकामै विशेष प्रशिक्षण पनि लिने स्वर्णधारी लामाले जानकारी गराए। लामा यसअघि करिव एक वर्ष अमेरिकामै बसेर डेढमहिनाअघि स्वदेश फर्किएका थिए। लामाले सन् २०१० मा बंगलादेशमा भएको १० औं सागमा ५५ केजी तौलसमूहमा स्वर्णपदक जितेका थिए।

Success

Thank you for your time.