default_image

9 years ago

October 7, 2015

सोतोकान टोली सर्बिया प्रस्थान

काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]

45 views

0 Bookmark

काठमाडौं, असोज २० गते ।

२३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ ।

Setokan karate Serbia

विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ केजीमा गीता सुनुवारले प्रतिस्पर्धा गर्नेछन् । कोहाइमा पुरुषको ३५–४० केजीमा विन्दन थापा मगर, ३०–३५ निरज हेम्जन तथा ४०–४५ केजीमा रुपेश कुावरले भाग लिने छन् ।

टोली नेतामा नेपाल सोतोकान डो संघ (एसकेडियुएन) का अध्यक्ष रामकृष्ण महर्जन, व्यवस्थापकमा सचिव श्यामकृष्ण श्रेष्ठ तथा प्रशिक्षकमा ६०–६५ केजीमा प्रतिस्पर्धा गर्न लागेका गोविन्द रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल र सदस्य उपेन्द्र यादव तथा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।

Success

Thank you for your time.