default_image

9 years ago

October 12, 2015

नेपाललाई सोतोकान कराते च्याम्पियनसिपमा दुई कांस्य

सर्वियाको सुवोटिकामा सम्पन्न २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुावरले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् । एसकेडियुएन सर्वियाको आयोजनामा भएको आठौं कोहाई (जुनियर) विश्व कपको १४–१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान […]

46 views

0 Bookmark

सर्वियाको सुवोटिकामा सम्पन्न २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुावरले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् ।

2

एसकेडियुएन सर्वियाको आयोजनामा भएको आठौं कोहाई (जुनियर) विश्व कपको १४–१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान थापा मगरले वुल्गेरिया र रोमानियाका खेलाडीहरुलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए । उनी सेमिफाइनलमा सर्वियाका खेलाडीसंग अंकको आधारमा पराजित हुादै कास्यमा चित्त बुझाउन बाध्य भए ।

सोही प्रतियोगिताको १२–१३ वर्ष उमेरको मिनि क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी तौलसमूहको व्यक्तिगत कुमुतेमा रुपेश कुावर पनि सर्वियाका खेलाडीसंग पराजित हुादै काास्य पदक प्राप्त गर्न सफल भए । उनले पनि रोमानिया र बुल्गेरियाका खेलाडीलाई पराजित गर्दै सेमिमा स्थान बनाएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले सर्वियाबाट जानकारी गराए । प्रतियोगिता अक्टोबर ९ देखि ११ सम्म संचालन भएको थियो ।

Success

Thank you for your time.