default_image

7 years ago

April 23, 2017

थाइल्यान्ड ओपन कराते नेपाललाई थप ६ पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्ड ओपन कराते च्याम्पिनसिपको दोस्रो दिन पनि पदक जितेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले ३ रजत र त्यति नै कास्य पदक जितेको छ । पहिलो दिन शनिबार नेपालले १ रजत र २ कास्य पदक जितेको थियो ।  दोस्रो दिन कुमुते ६१ केजी तौल समुहमा सपना लामा, ८४ […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्ड ओपन कराते च्याम्पिनसिपको दोस्रो दिन पनि पदक जितेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले ३ रजत र त्यति नै कास्य पदक जितेको छ । पहिलो दिन शनिबार नेपालले १ रजत र २ कास्य पदक जितेको थियो । 

दोस्रो दिन कुमुते ६१ केजी तौल समुहमा सपना लामा, ८४ केजीमा दिवस श्रेष्ठ र ८४ किलो भन्दा माथिको तौल समूहमा लेखनाथ मैनालीले रजत पदक जितेका छन् । त्यस्तै ५५ किलोमा अनु अधीकारी,६८ केजीमा विभुषा थापा र ५५ केजीमा सोनाम लामाले कास्य पदक जितेका छन् । दुई दिनमा नेपालले ४ रजत र ५ कास्य पदक जितिसकेको छ ।

शनिबार अल्बिना नगरकोटीले ४७ केजी तौल समूहमा रजत जितेकी थिइन् । त्यस्तै टिम कातामा नेपालको महिला र पुरुष दुवै टोलीले कास्य पदक जितेको थियो । पुरुष टोलीमा पशुराम बास्तोला,गुबिराम घले र अनिल चौधरी थिए । त्यस्तै महिला टोलीमा संगिता मगर, सुनिता नेपाली र कर्म लामा रहेका थिए ।

Success

Thank you for your time.