default_image

7 years ago

April 24, 2017

थाइल्याण्डमा पुरुष टिमलाई कास्य

बैंकक (हाम्रो खेलकुद) – थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपको अन्तिम दिन नेपालको पुरुष टिमले फाइटमा कास्य जितेका छन् । यससँगै तीनदिनसम्म चलेको च्याम्पियनसिपमा नेपालले ४ रजत र ६ कास्यपदक जित्न सफल भयो । बैंककको इन्डोर स्टेडियममा सोमबार भएको अन्तिम दिन नेपालको पुरुष टिम फाइटमा सिंगापुरलाई पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । नेपाली टिम फाइटमा […]

46 views

0 Bookmark

बैंकक (हाम्रो खेलकुद) – थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपको अन्तिम दिन नेपालको पुरुष टिमले फाइटमा कास्य जितेका छन् । यससँगै तीनदिनसम्म चलेको च्याम्पियनसिपमा नेपालले ४ रजत र ६ कास्यपदक जित्न सफल भयो ।

बैंककको इन्डोर स्टेडियममा सोमबार भएको अन्तिम दिन नेपालको पुरुष टिम फाइटमा सिंगापुरलाई पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । नेपाली टिम फाइटमा दिवस श्रेष्ठ, बिप्लव श्रेष्ठ, लेखनाथ मैनाली, सोनाम लामा र रबिन्द्र कार्की रहेका थिए । नेपाल टिमले पहिलो चरणमा कम्वोडियालाई पराजित गरेको थियो । भने दोस्रो चरणमा फिलिपिन्ससँग पराजित हुन पुगेको नेपाल टिमले कास्यपदकको लागि रिपाचार्ड खेलमा सिंगापुरको टिमलाई पराजित गर्दै कास्य हात पारेको हो ।

२२ अप्रिलबाट शुरु भएको च्याम्पियनसिपमा नेपालले पहिलो दिन एक रजत र दुई कास्य जितेको थियो नेपालका लागि शनिबार अल्बिना नगरकोटीले ४७ केजी तौल समूहमा रजत जितेकी थिइन् । त्यस्तै टिम कातामा नेपालको महिला र पुरुष दुवै टोलीले कास्यपदक जितेको थियो । पुरुष टोलीमा पशुराम बास्तोला,गुबिराम घले र अनिल चौधरी थिए । त्यस्तै महिला टोलीमा संगिता मगर, सुनिता नेपाली र कर्म लामा रहेका थिए । यस्तै दोस्रो दिन नेपालले ३ रजत र ३ कास्यपदक हात पारेको थियो ।

दोस्रो दिन कुमुते ६१ केजी तौल समुहमा सपना लामा, ८४ केजीमा दिवस श्रेष्ठ र ८४ केजीभन्दा माथिको तौल समूहमा लेखनाथ मैनालीले रजतपदक जितेका थिए । त्यस्तै ५५ केजीमा अनु अधिकारी, ६८ केजीमा विभुषा थापा र ५५ केजीमा सोनाम लामाले कास्यपदक जितेका थिए ।

Success

Thank you for your time.