default_image

7 years ago

April 27, 2017

नेपाली कराते टोली थाइल्यान्डबाट फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १० पदक जितेको नेपाली कराते टोली स्वदेश फर्केको छ । थाइल्यान्डको बैंककमा अप्रिल २० देखि २४ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाले ५ रजत र ५ कास्य पदक जितेको थियो । सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १० पदक जितेको नेपाली कराते टोली स्वदेश फर्केको छ । थाइल्यान्डको बैंककमा अप्रिल २० देखि २४ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाले ५ रजत र ५ कास्य पदक जितेको थियो ।


सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला ४७ केजीमुनि तथा पर्शुराम बास्तोला, गुभीराम घले र अनिल चौधरीले पुरुष टिम कातामा रजत जितेका थिए ।

त्यस्तै महिला ५५ केजीमुनि अनु अधिकारी, महिला ६८ केजीमुनि विभूषा थापा, पुरुष ५५ केजीमुनि सोनाम लामाले कास्य पदक जितेका थिए । महिला टिम काता र पुरुष कुमुमेमा नेपालले कास्य पदक जितेको थियो । पदक जित्ने महिला टोलीमा संगीता मगर, सुनीता नेपाली र कर्मा लामा तथा पुरुष टोली टिम कुमुतेमा सोनाम लामा, विप्लवलाल श्रेष्ठ, लेखनाथ मैनाली, दिवस श्रेष्ठ, रविन्द्र कार्की, गुभीराम घले र पर्शुराम बास्तोला थिए ।

टोलीका अन्य प्रशिक्षकमा अक्बर शाह, दीपक श्रेष्ठ, गंगाराम महर्जन, कुशल श्रेष्ठ, रवि महर्जन र ज्ञानबहादुर मोक्तान छन् । अफिसियलमा मधु लामा, फुर्वा लामा र अर्विन्द टोड्डर छन् । हिजो फर्केको टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Success

Thank you for your time.