default_image

7 years ago

June 16, 2017

आईडब्लुएफएन कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद)- आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ४ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष लक्ष्मण लम्सालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा नेपालबाट २ सय र विदेशबाट २ सय खेलाडी सहभागी हुने बताइएको छ । […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ४ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष लक्ष्मण लम्सालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा नेपालबाट २ सय र विदेशबाट २ सय खेलाडी सहभागी हुने बताइएको छ । खेलाडीहरुले कुल २९ स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्नेछन्।  कुमुतेतर्फ पुरुषमा १२ र महिलामा १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुष – महिलाको एकल काता र समूहगत कातामा पनि खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित १६ लाख ९३ हजार ५ सय ५० रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Success

Thank you for your time.