default_image

10 years ago

November 23, 2015

करातेका मित्र र खड्का न्युजिल्यान्डतर्फ

205 views

0 Bookmark

काठमाडौं, मंसिर ७ गते ।

तेश्रो विश्व गोजुरियो कराते प्रतियोगिताका दौरान हुने विश्व रेफ्री सेमिनारमा सहभागी हुन नेपाल गोजुरियो कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक बिआर मित्र तथा जापान गोजुरियो कराते केन्वाकाइ नेपाल संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का सोमबार न्युजिल्यान्डको अक्ल्यान्ड प्रस्थान गरेका छन् ।

1(1)

प्रतियोगिता नोभेम्बर २६ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । मित्र एकेएफ जज, दक्षिण एसियाली गोजुरियो कराते महासंघका अध्यक्ष तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव हुन् भने खड्का एकेएफ जज तथा दक्षिण एसियाली केन्वाकाइ महासंघका प्रमुख प्रशिक्षक हुन् ।

अक्ल्यान्डमै हुने विश्व कोंग्रेसमा पनि मित्र सहभागी हुने छन् । कोंग्रेसमा चौथो विश्व गोजुरियो कराते प्रतियोगिता एसियाली महादेशमा आयोजनाका लागि प्रस्ताव समेत गरिने बताइएको छ । विश्व करातेको पहिलो संस्करण पोर्चुगल र दोश्रो दक्षिण अफ्रिकामा भएको थियो । उनीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले लैनचौरस्थित निवासमा बिदाइ गरे ।

Success

Thank you for your time.