default_image

7 years ago

September 20, 2017

राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता हुने भएको छ ।आयोजक नेपाल कराते महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता आउदो कात्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन प्रतियोगिता हुने जानकारी गराएको हो । करातेको राष्ट्रिय टिम निर्माणको तयारीको रुपमा यस प्रतियोगितालाई हेरिएको प्रतियोगिता संयोजक […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता हुने भएको आयोजक नेपाल कराते महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता आउदो कात्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन प्रतियोगिता हुने जानकारी गराएको हो

Karate

करातेको राष्ट्रिय टिम निर्माणको तयारीको रुपमा यस प्रतियोगितालाई हेरिएको प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराए यस प्रतियोगितालाई सन् २०१८ मा आयोजना हुने एसियाली खेलकुद, सन् २०१९ मा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकलाई ध्यानमा राखेर राष्ट्रिय टिम निर्माणको लागि खेलाडी छनोटको रुपमा रहेको संयोजक श्रेष्ठले जानकारी गराए

तीन दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तीन विभागीय टोली  त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब नेपाल एपिएफ क्लब गरी १० टिमको सहभागिता रहनेछ जसमा पुरुष ११० महिला १०० गरी २१० खेलाडीले प्रतिस्पर्धा गर्नेछ प्रतियोगितामा पुरुषतर्फ सात, महिलातर्फ दुवैतर्फ एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ यस प्रतियोगिताबाट २१ जना राष्ट्रिय कराते टिमका लागि छनोट हुनेछ

नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले सात प्रदेशमा छनोट प्रतियोगिता हुने छानिएका खेलाडीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने बताएका छन् अहिले राष्ट्रिय टिममा रहेका खेलाडीहरुले पनि छनोट खेल्नुपर्ने अध्यक्ष गुरुङले बताए

प्रतियोगितामा पुरुषतर्फ ५० केजीमुनि, ६० केजीमुनि, ६७ केजीमुनि, ७५ केजीमुनि, ८४ केजीमुनि ८४ केजीमाथि रहेका छन् यस्तै महिलातर्फ ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६१ केजीमुनि, ६८ केजीमुनि ६८ केजीमाथि रहेका छन् महिला पुरुष दुवैमा एकल काता टिम काता रहेका छन्

Success

Thank you for your time.