default_image

7 years ago

October 23, 2017

राष्ट्रिय करातेमा सम्झना लेब्रोटरी मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुर मंगलबजारको सम्झना लेब्रोटरी क्लिनिक प्रालिले मुख्य प्रायोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेब्रोटरीका अध्यक्ष उर्दिप जोशीले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुर मंगलबजारको सम्झना लेब्रोटरी क्लिनिक प्रालिले मुख्य प्रायोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेब्रोटरीका अध्यक्ष उर्दिप जोशीले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय खेलकुद प्रतियोगिता रहने बताइएको छ । कात्तिक २३ देखि २५ गते सम्म राष्ट्रिय खेलकुद परिष्दको कभर्ड हलमा हुने प्रतियोगिताका लागि सम्झना ल्याबले ८ लाख ५० हजार रुपैयाँ नगद सहित झन्डै १५ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताभर सम्झना ल्याबले उपचार टोली र आकस्मिक सेवाका लागि एम्बुलेसनको व्यवस्था गर्नेछ सम्झौतामा उल्लेख छ । त्यस्तै सम्झना ल्याब ५० औं राष्ट्रिय कराते प्रतियोगिता बाट छनोट भइ राष्ट्रिय टोलीमा पर्ने २३ खेलाडीलाई अर्को वर्ष आयोजना हुने १८ औं एसियाली खेलकुदसम्म सम्झना ल्याबले निशुल्क ल्याब टेस्ट गर्नेछ । त्यस्तै एसियाड सम्म २३ खेलाडीलाई सम्झना ल्याबले दुई सेट खेल समाग्री उपलब्ध गराउने बताइएको छ । कराते महासंघले प्रतियोगिताका दौरान सम्झना लेब्रोटरीको प्रचार प्रसार गर्नेछ ।

करातेमा स्तरीय खेलाडी उत्पादन र नेपालले आउने दिनमा सहभागिता जनाउने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडी तयार पार्नका लागि यो राष्ट्रिय प्रतियोगिता महत्वपूर्ण हुने हामीले विश्वास लिएको संयोजक श्रेष्ठले बताए ।

अर्को बर्ष आयोजना हुने एसियाली खेलकुद, सन् २०१९ मा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद र सन् २०२० को ओलम्पिकलाई समेत ध्यानमा राख्दै खेलाडीलाई तयार पार्ने उद्देश्य साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

प्रतियोगितामा ५ विकास क्षेत्र, तीन विभाग (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपिएफ क्लब) गरि ८ टोलीका बढीमा १ सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा महिला र पुरुषका तौल समूह, एकल र टिम कातामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला र पुरुषको टिम फाइट पनि समावेश गरिएको छ ।

प्रतियोगितामा महिलाका ७ तौल समूह र पुरुषका ८ तौल समूह तथा दुवैतर्फ एकल र टिम काताको प्रतिस्पर्धा हुनेछ । हरेक टोलीबाट तौल समूहमा एक एक जना र कातामा गरि बढीमा २३ खेलाडीले भाग लिन पाउनेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट हुने महासंघले जानकारी दिएको छ ।

प्रतियोगितालाई सञ्चालनमा झन्डै २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको डिस होम एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रममा जानकारी गराइयो ।

सम्झना ल्याब ५० औं राष्ट्रिय कराते प्रतियोगितामा समावेश गरिएका इभेन्ट

महिला – ४० केजी मूनि, ४५ केजी मूनि, ५० केजी मूनी,५५ केजी मुनी, ६८ केजी मूनी र ६८ केजी माथि
पुरुष – ४५ केजी मूनि, ५० केजी मूनी, ५५ केजी मूनी, ६० केजी मूनी,६७ केजी मूनी,७५ केजी मूनी,८४ केजी मूनी र ८४ केजी माथि
महिला/पुरुष – एकल काता, टिम काता
महिला/पुरुष – टिम फाइट

Success

Thank you for your time.