default_image

6 years ago

November 6, 2017

राष्ट्रिय कराते प्रतियोगिताको सबै तयारी पुरा

काठमाडौं .(हाम्रो खेलकुद) – यसै साता हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नेपाल कराते महासंघले जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित मिति भन्दा एक दिनअघि कात्तिक २२ बाट २४ गते सम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको छ । यसअघि कात्तिक २३ देखि २४ आयोजना हुने जानकारी […]

39 views

0 Bookmark

काठमाडौं .(हाम्रो खेलकुद) – यसै साता हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नेपाल कराते महासंघले जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित मिति भन्दा एक दिनअघि कात्तिक २२ बाट २४ गते सम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको छ । यसअघि कात्तिक २३ देखि २४ आयोजना हुने जानकारी दिइएको थियो ।

प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले भने,‘कात्तिक २५ गते अर्को खेलका लागि हामीले एक दिनअघि हल खालि गर्नुपर्ने भएकाले एक दिन अघि सारेका हौं । २२ गते खेलाडी तौल लिने लगायका काम हुनेछ । प्रतियोगिता २३ र २४ गते हुनेछ । ’ सम्झना ल्याब्रेटोरीको मुख्य प्रायोजनामा रहेको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

तीन दिने प्रतियोगितामा ५ विकास क्षेत्र र तीन विभागीय टिमका १ सय ८४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ८ तथा दुवैतर्फ एकल र टिम कातामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ केजीमुनी र ६८ केजी तौल समूह माथि रहेका छन् । त्यस्तै, पुरुषतर्फ, ४५, ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनी र ८४ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

अर्कोे वर्ष आयोजना हुने १८ औं एसियाली खेलकुद, नेपालमै सन् २०१९ मा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद र २०२० को ओलम्पिकलाई मध्यनजर राख्दै राष्ट्रिय टोली तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका अध्यक्ष दावा गुरुङले बताए । यस्तै गुरुङले करातेले आठौं दक्षिण एसियाली खेलकुदमा जस्तै १३ औं साग गेम्स र एसियाडमा इतिहास रच्न आतुर रहेको बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ जना खेलाडीहरुलाई समेट्दै राष्ट्रिय टोली निर्माण गर्ने आयोजकको तयारी छ । प्रतियोगितामा झन्डै २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । एक समय नेपाली कराते निकै लोकप्रिय रहेको तर पछिल्लो समयमा यसको साख खस्कदै गएकाले खेलको प्रवद्र्धनका लागि आफूहरुले हातेमालो गरेको सम्झना ल्याबका अध्यक्ष उर्दिप्त जोशीले बताए ।

Success

Thank you for your time.