default_image

6 years ago

November 9, 2017

पहिलो दिन आर्मी र पुलिसलाई समान ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पचाँसौं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन १९ मध्ये ९ स्वर्ण पदकको छिनोफानो लागेको छ । सबै ९ स्वर्ण पदक विभागिय खेलाडीले जिते । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले समान ४ स्वर्ण पदक जित्दा अर्को एक स्वर्ण एपिएफ पदक जितेको छ । महिला कुमुतेमा अनु अधिकारी र मल्लिका थापाले स्वर्ण […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पचाँसौं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन १९ मध्ये ९ स्वर्ण पदकको छिनोफानो लागेको छ । सबै ९ स्वर्ण पदक विभागिय खेलाडीले जिते । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले समान ४ स्वर्ण पदक जित्दा अर्को एक स्वर्ण एपिएफ पदक जितेको छ ।

महिला कुमुतेमा अनु अधिकारी र मल्लिका थापाले स्वर्ण पदक जितिन् । अनुले एपिएफलाई स्वर्ष पदक दिलाई । उनले ५० केजीको फाइदलमा पश्चिमाञ्चलकी उर्मिला दर्लामीलाई ११–२ ले हराइन् । पूर्वाञ्चलकी प्रीति बस्नेत र प्रहरीकी कोपिला विष्ट तेस्रा भए । पुलिस की मल्लिकाले ५५ केजीको फाइनलमा एपीएफकी मनीषा चौधरीलाई १०–२ ले हराइन् । पश्चिमाञ्चलकी अन्जली विक र पूर्वाञ्चलकी विद्याकला राई संयुक्त रुपमा तेस्रा भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा पुरुषतर्फ आकाश पाल, मणीकुमार सुनुवार र रविन्द्र कार्कीले स्वर्ण पदक जितेका छन् । आर्मीका आकाशले ४५ केजीको फाइनलमा पश्चिमाञ्चलका बलराम अधिकारीलार्ई ११–४ पराजित गरे । सुदूरपश्चिमाञ्चलका सागर विक र मध्यपश्चिमाञ्चलका सुरज नेपाली संयुक्त रुपमा तेश्रो भए ।

एपिएकी अनु अधिकारी (रातो बेल्ट) ।

आर्मीकै मणीले ५० केजीको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसका सोनाम लामालाई ९–८ ले हराउदै पहिलो स्थान हासिल गरे । एपीएफका लक्ष्मण तामाङ र पूर्वाञ्चलका विवेक थापा तेश्रो भए । पूरुष ६० केजी तौलको फाइनलमा पुलिसका रविन्दैले पूर्वाञ्चलका सन्तोष राईलाई १२–५ ले हराए । सेनाका सनि चौलागाई र सुदुपश्चिमका दिनेश पनेरु तेस्रो भए ।

नेपाल कराते महासंघको आयोजना र सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको एकल कातामा पर्शुराम बास्तो र पुलिसकी निर्मला तामाङले स्वर्ण पदक जितिन् । एपीएफबाट हालै सेनामा पुगेका पर्शुरामले पुरुषको एकल कातामा एपीएफका गुबीराम घलेलाई हराए । मध्यमाञ्चलका यनोज महर्जन र पुलिसका मन्डकोजी श्रेष्ठ तेश्रो भए ।


पुलिसकी मल्लिाका थापा (रातो बेल्ट) ।

निर्मलाले महिला एकल कातामा पश्चिमाञ्चलकी विमला नेपाली हराइन् । मध्यपश्चिमाञ्चलकी एलिना थापा मगर र मध्यमाञ्चलकी ज्योति गिरी तेश्रो भइन् । पुरुष टिम कातामा आर्मी र महिला टिम काटामा पुलिसले स्वर्ण पदक जित्यो । पुरुष टिममा सुदूरपश्चिमाञ्चल दोश्रो तथा एपीएफ र मध्यमाञ्चल तेश्रो भए । महिलामा मध्यमाञ्चलले दोस्रो तथा एपीएफ र सुदूरपश्चिमाञ्चल तेस्रो भए ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले प्रतियोगिताको उद्घाटन गरे । राखेपमा ५८ वर्ष सेवा पूरा गरी अनिवार्य अवकास पाएका करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ र पूर्व सहायक मुख्य प्रशिक्षक अक्बर शाहलाई उद्घाटनका अवसरमा सम्मान गरिएको थियो ।
पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहेको प्रतियोगितामा १ सय ८४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । १९ मध्ये १० इभेन्ट प्रतियोगिताको अन्तिम दिन शुक्रबार हुने प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए । सबै इभेन्टका विजेता राष्ट्रिय टोलीमा छनोट हुनेछन् ।

Success

Thank you for your time.