default_image

6 years ago

November 10, 2017

राष्ट्रिय करातेमा पुलिस टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । राजधानीमा बिहिबारबाट शुरु भएको च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लबले ८ स्वर्ण, ३ रजत र २ कास्य हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियनसिपको पहिलो दिन ४ स्वर्ण, समान १–१ रजत र कास्य […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । राजधानीमा बिहिबारबाट शुरु भएको च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लबले ८ स्वर्ण, ३ रजत र २ कास्य हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।

च्याम्पियनसिपको पहिलो दिन ४ स्वर्ण, समान १–१ रजत र कास्य जितेको पुलिसले दोस्रो तथा अन्तिम दिन थप ४ स्वर्ण, २ रजत र १ कास्य जित्न सफल भयो । ६ स्वर्ण, २ रजत र ५ कास्य हात पारेको नेपाली सेना दोस्रो भयो भने ४ स्वर्ण, ५ रजत र ६ कास्य जितेको नेपाल एपिएफ क्लबले तेस्रो स्थान हात पार्‍यो ।

शुक्रबार १ स्वर्ण जित्न सफल मध्यमाञ्चलले २ रजत र ६ कास्य जित्दै चौथो, ३ रजत र २ कास्य जितेको पश्चिमाञ्चल पाँचौं, २ रजत र ५ कास्य हात पारेको पूर्वाञ्चल छैटौं र समान १ रजत र ४ कास्य हात पारेका मध्यपश्चिम र सुदुरपश्चिम संयुक्त रुपमा सातौं स्थानमा रहे ।

शुक्रबार महिलातर्फको कुमुतेको ६१ केजी तौल समूहमा पुलिसकी सुनिता महर्जनले स्वर्ण जितिन् । सुनिताले नेपाली सेनाकी सनि लामाको चुनौती पन्छाइन् । विधामा मध्यमाञ्चलकी निरुपा लामा र एपिएफकी सपना लामाले कास्य पाए । महिला ६८ केजी तौल समूहमा एपिएफकी रोजी ओझाले स्वर्ण हात पारिन् । रोजीले नेपाली सेनाकी विभुषा थापालाई पराजित गरिन् । यस विधामा पश्चिमाञ्चलकी पुजा पुलामी र पूर्वाञ्चलकी कृति दुलालले कास्य हात पारे ।

महिला ४० केजी तौल समूहमा मध्यमाञ्चलकी जिया खड्कीले स्वर्ण जित्न सफल भईन् । जियाले नेपाल पुलिस क्लबकी एन्जिला धिमालको चुनौती सहजै पन्छाईन् । यस विधामा नेपाली सेनाकी मिस्लि श्रेष्ठ र पूर्वाञ्चलकी ओसिस श्रेष्ठले कास्य पाए । महिलाको ६८ केजी तौल समूहमाथि नेपाली सेनाकी रीता कार्कीले स्वर्ण जित्न सफल भईन् । रीताले एपिएफकी कल्पना बस्नेतको चुनौती पन्छाईन् । यस विधामा सुदुर पश्चिमकी सावित्री महरा र पूर्वाञ्चलकी मिस डोना राईले कास्य हात पारे ।

महिला ४५ केजीमा सेनाकी कुसुम खड्काले स्वर्ण हात पारिन् । कुसुमले एपिएफकी वर्षा बुढामगरको चुनौती पन्छाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । पुलिसका कविता पौडेल र सुदुरपश्चिमकी वर्षा साउदले कास्य हात पारे ।

पुरुष ७५ केजी तौल समूहमा नेपाल प्रहरीका गंगारम कुशुवारले स्वर्ण जिते । उनले मध्यमाञ्चलका किशोर लामालाई पराजित गरे । सेनाका सुवास घताने र एपिएफका सन्तोष चौधरीले कास्य पाए । पुरुष ८४ केजीमा एपिएफका भीम तामाङले नेपाल प्रहरीका विप्लव श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जित्न सफल भए । पश्चिमाञ्चलका जीवन मल्ल र मध्यमाञ्चलका सुमन तामाङले कास्य हात पारे ।

पुरुष ५५ केजीमा पुलिसका सोनाम लामाले स्वर्ण जिते । उनले पूर्वाञ्चलका नवीन राईलाई पराजित गरे । मध्यमाञ्चलका अनिष लामा र मध्यपश्चिमका सन्दिप चौधरीले कास्य पाए । ६७ केजी तौल समूहमा एपिएफका विजय लामाले मध्यपश्चिमका प्रकाश घर्तीमगरलाई पराजित गर्दै स्वर्ण हात पारे । सेनाका निकेश मानन्धर र पुलिसका बादल श्रेष्ठले कास्य जिते ।

८४ केजीमाथि पुलिसका दिवस श्रेष्ठले स्वर्ण हात पारे । दिवसले एपिएफका दिगम्वर पन्तलाई पराजित गरे । मध्यमाञ्चलका साजिव पुन र सेनाका सुरज थारुले कास्य पाए ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ पुलिसका रविन्द्र खड्का स्वर्णसहित सर्वाधिक ३२ अंक हासिल गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै महिलातर्फ नेपाली सेनाकी कुसुम खड्का स्वर्णसहित सर्वाधिक ३० अंक प्राप्त गर्दै उत्कृष्ट खेलाडी घोषित भईन् ।

उत्कृष्ट खेलाडीले जनही १०–१० हजार, जेबी टेलर्सबाट सुट र फाइभ ब्रदर्शबाट ट्याकसुट प्राप्त गरे । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याब्रोटरीका प्रमुख उर्दिप्त जोशीले पुरस्कृत गरे ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत महिलामा ७ र पुरुषमा ८ तौल समूहमा र पुरुष/महिलाको एकल र टिम काता तथा टिम फाइट सञ्चालन भएको थियो ।

Success

Thank you for your time.