default_image

6 years ago

November 10, 2017

करातेको राष्ट्रिय टिममा फेरबदल

काठमाडौं (हाम्रो खेलकुद) – ५० औं संस्करणको कराते च्याम्पियनसिपबाट राष्ट्रिय टिममा केही फेरबदल भएको छ । राष्ट्रिय टिम निर्माणको आधार मानिएको प्रतियोगिताबाट पुरुषतर्फ २ र महिलातर्फ चार खेलाडीमा फेरबदल भएको हो । महिला ५५ केजी तौल समूहमा पुलिसकी मल्लिका थापाले मनिषा चौधरीलाई विस्थापित गर्दै राष्ट्रिय टिममा स्थान बनाईन् । महिला ६८ केजी तौल समूहमा एपिएफकी […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ५० औं संस्करणको कराते च्याम्पियनसिपबाट राष्ट्रिय टिममा केही फेरबदल भएको छ । राष्ट्रिय टिम निर्माणको आधार मानिएको प्रतियोगिताबाट पुरुषतर्फ २ र महिलातर्फ चार खेलाडीमा फेरबदल भएको हो ।

महिला ५५ केजी तौल समूहमा पुलिसकी मल्लिका थापाले मनिषा चौधरीलाई विस्थापित गर्दै राष्ट्रिय टिममा स्थान बनाईन् । महिला ६८ केजी तौल समूहमा एपिएफकी रोजी ओझाले सेनाकी विभुषा थापा विस्थापित गरिन् ।

महिलामै ६८ केजीमाथि रीता कार्कीले कल्पना बस्नेतलाई विस्थापित गरिन् भने, ६१ केजीमा सुनिता महर्जनले सपना लामालाई विस्थापित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् ।

यस्तै पुरुषतर्फ गंगाराम कुशुवारले सुवास घतानेलाई तथा भीम बहादुर तामाङले विप्लव श्रेष्ठलाई विस्थापित गरेको प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराए ।

च्याम्पियन बन्दै राष्ट्रिय टिममा स्थान बनाउन सफल खेलाडीहरु:

जिया खड्की – ४० केजी तौल समूह (मध्यमाञ्चल)
कुसुम खड्का – ४५ केजी तौल समूह (सेना)
अनु अधिकारी – ५० केजी तौल समूह (एपिएफ)
मल्लिका थापा – ५५ केजी तौल समूह (नेपाल प्रहरी)
सुनिता महर्जन – ६१ केजी तौल समूह (पुलिस)
रोजी ओझा – ६८ केजी तौल समूह (एपिएफ)
रीता कार्की – ६८ केजीमाथि (सेना)

आकाश पाल – ४५ केजी तौल समूह (सेना)
मणि कुमार सुनुवार – ५० केजी तौल समूह (सेना)
सोनाम लामा – ५५ केजी तौल समूह (पुलिस)
रविन्द्र कार्की – ६० केजी तौल समू (नेपाल प्रहरी
विजय लामा – ६७ केजी तौल समूह (एपिएफ)
गंगाराज कुशुवार – ७५ केजी तौल समूह (पुलिस)
भीम तामाङ ८४ – केजी तौल समूह (सेना)
दिवस श्रेष्ठ ८४ – केजीमाथि (पुलिस)

परशुराम बास्तोला (एकल काता, सेना)
निर्मला तामाङ (एकल काता, पुलिस)

डम्बर आलेमगर, सुभाष कार्की र जवारी लाल खत्री (टिम काता, आर्मी)
चञ्चला दनुवार, कोपिला विष्ट र सरु कार्की (टिम काता, पुलिस)

Success

Thank you for your time.