default_image

6 years ago

April 29, 2018

एसियन गेम्सको लागि करातेबाट ८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आउदो सेप्टेम्वरमा हुने १८ औ एशियन गेम्सका लागि कराते बाट ८ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले शनिबार खुल्ला प्रतिस्पर्धाबाट आवश्यक ८ कोटाको लागि ८ जना नै खेलाडीको छनोट गरेको हो । कुमुतेमा पुरुष तर्फ र महिलातर्फ समान ३–३ खेलाडी छनोट भएको हो । यस्तै एकल कातामा पुरुषतर्फ १ र […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आउदो सेप्टेम्वरमा हुने १८ औ एशियन गेम्सका लागि कराते बाट ८ खेलाडी छनोट भएका छन् ।

karate

नेपाल कराँते महासंघले शनिबार खुल्ला प्रतिस्पर्धाबाट आवश्यक ८ कोटाको लागि ८ जना नै खेलाडीको छनोट गरेको हो । कुमुतेमा पुरुष तर्फ र महिलातर्फ समान ३–३ खेलाडी छनोट भएको हो । यस्तै एकल कातामा पुरुषतर्फ १ र महिलातर्फ पनि १ खेलाडी छनोट भएको हो।

पुरुष एकल कातातर्फ पर्शुराम बास्तोला छनोट भए । उनले मण्डेकाजी श्रेष्ठलाई ४–१ को सेटमा हराए । यस्तै महिला एकल कातामा चञ्चला दनुवारले स्थान बनाईन् । चञ्चला सन् २०१४ मा दक्षिण कोरियामा भएको इनचोन एसियाडलाई पनि छनोट हुन सफल भएकी थिईन् ।

तर, नेपाल कराँतेमा देखिएको विवादका कारण उनले छनोट भएर पनि प्रतिस्पर्धा गर्नबाट बञ्चित बनेकी थिईन् । उनको स्थानमा बिमला तामाङले प्रतिस्पर्धा गरेकी थिईन् । बिमलाले नेपाललाई कास्यपदक दिलाउदै पदक विहीन हुनबाट जोगाएकी थिईन् ।

यस्तै कुमुते पुरुषतर्फ ५५ केजीका सोनाम लामा, ६७ केजीमा नबिन रसाइली, ८४ केजीमा दिवस श्रेष्ठ छनोट भए । कुमुते महिलातर्फ ५० केजीमा अनु अधिकारी, ५५ केजीमा सुनिता महर्जन र ६८ केजी भन्दा माथि रिता कार्की छनोट हुन सफल भएको नेपाल कराते महासंघले जनाएको छ ।

karate

Anu Adhikari

karate

gold medals

parshuram

Success

Thank you for your time.