default_image

9 years ago

August 26, 2015

नेपाल टिम च्याम्पियन

काठमाडौं, भदौ ९ गते । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन […]

56 views

0 Bookmark

काठमाडौं, भदौ ९ गते ।
नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो

नेपाली वादोरियो कराते टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सामूहिक तस्वीर खिचाउदै ।

नेपाली वादोरियो कराते टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सामूहिक तस्वीर खिचाउदै ।

पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज लामा, ६५–७० केजीमा लक्ष्मण तामाङले स्वर्ण जिते । महिलाको ४०–४५ केजीमा याङ डोल्मा शेर्पा, ४५–५० केजीमा अन्जु लामिछाने तथा ५०–५५ केजीमा रोएकता सिंहले नेपाललाई स्वर्ण दिलाए ।
पुरुष टिम कातामा निरज गौतम, मनोज लामा र पुरुषोत्तम पोखरेलले नेपालका लागि स्वर्ण जिते । महिला एकल कातामा रोएकता सिंह र याङ डोल्मा शेर्पाले पहिलो स्थान हात पारे । पुरुष खुलातर्फ सुदीप थारुले रजत र ४५–५० केजीमा पुरुषोत्तम पोखरेलले कांस्य हात पारे । पुरुष एकल कातामा लक्ष्मण तामाङ र मोहन तामाङले रजत हासिल गरे ।
भारतको गुजरातमा अगष्ट २२ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको नेपाल कराते महासंघका महासचिव, वादोरियो करातेका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले उद्घाटन गरेका थिए ।
टोलीलाई बुधबार नेपाल वादोरियो कराते डो संघका पदाधिकारी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Success

Thank you for your time.