default_image

6 years ago

August 25, 2018

एसियाड कराँतेमा पदकको सम्भावना, चन्चला कांस्यको लागि भिड्दै

दीपक न्यौपाने जकार्ता-  १८ औं एसियाली खेलकुदमा नेपालको पदकको सम्भावना खुलेको छ । कराँतेकी चन्चला दनुवारले काँता तर्फ कांस्य पदकका लागि थाइल्याण्डकि तारात्तानाकुल मोनिशाको सामना गर्ने भएकी हुन् । चन्चला प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि उनले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी हुन् ।  उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई […]

46 views

0 Bookmark

दीपक न्यौपाने

जकार्ता-  १८ औं एसियाली खेलकुदमा नेपालको पदकको सम्भावना खुलेको छ । कराँतेकी चन्चला दनुवारले काँता तर्फ कांस्य पदकका लागि थाइल्याण्डकि तारात्तानाकुल मोनिशाको सामना गर्ने भएकी हुन् ।

चन्चला प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि उनले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी हुन् ।  उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई ३-२ ले पराजित गर्दै पदकको आशा दिलाएकी हुन् ।  अब उनले केहि बेरबै थाई प्रतिद्वन्द्वीको सामना गर्नेछिन् ।

नेपालले हालसम्म कुनै पदक जित्न सकेको छैन ।  पदकको आशा गरिएका उसु र तेक्वान्दो खाली हात फर्किसकेका छन् ।  कराँतेका खेल भने आजबाट सुरु भएको हो ।

Success

Thank you for your time.